जागिरभन्दा पशुपालनमा मोह

cow-shedउर्लाबारी, मङ्सिर ६ गते । सरकारले पशुपालन गर्ने किसानलाई सम्मानका साथै अनुदानसमेत दिन थालेपछि मोरङको उर्लाबारी–१ का कृष्ण आचार्य सरकारी जागिर छोडेर व्यावसायिक गाईपालन गरिरहनुभएको छ । माध्यमिक तहमा १२ वर्ष नेपाली विषय अध्यापन गराउनुभएका आचार्यले चक डस्टर छोडेर गोबर सोहोर्दै गाई दुहुन थालेको छ वर्ष भएको छ ।

आचार्यले भोजपुरको चम्पे माविमा आठ वर्ष, चरम्वीमा दुई वर्ष र याकुमा दुई वर्ष शिक्षण गर्नुभयो । शिक्षण गर्दा उहाँलाई कुनै समस्या थिएन । महिना मरेपछि तलब पाकिहाल्ने । १२ वर्ष काम गर्दा ३९ वर्षीय आचार्यले सरकारी जागिरबाट दाम मात्र प्राप्त गर्नुभयो ।

विद्यार्थीलाई पढायो, घर फक्र्यो । सरकारी जागिरको दैनिकीबाट मान र सान प्राप्त गर्न नसकेपछि आचार्यले २०७० को साउन २ गते महिनाको २४ हजार चार सय तलब आउने जागिरबाट राजीनामा दिएर गाईको गोबर सोहोर्न थाल्नुभयो । शुरुका दिनमा उहाँलाई घाँसपानी, कुँडो खोले गर्न धेरै गाह्रो भयो । पत्नी अम्बिका र परिवारका सबै सदस्यको साथ पाएपछि आचार्यले तीन वर्ष नपुग्दै आफ्नो गोठलाई आकृति कृषि फारममा बदल्नुभयो ।

उहाँको गोठमा अहिले नौवटा दुहुना गाई, १३ वटा ब्याउने गाई, सातवटा बाछाबाछी र एउटा साँढेगोरु रहेका छन् । दैनिक ८०÷९० लिटर दूध उत्पादन गर्दै आउनुभएका आचार्य १५÷२० लिटर दूध गाउँमै बेच्नुहुन्छ भने बाँकी पथरी र उर्लाबारीका डेरी उद्योगमा बिक्री गर्नुहुन्छ । दैनिक चार हजार रुपियाँँको दूध बेच्दै आउनुभएका आचार्य हाल खर्च कटाएर मासिक ७५ देखि ८० हजार रुपियाँ आम्दानी गरिरहनुभएको छ ।

गाईपालनमा उहाँको ३४ लाख रुपियाँ खर्च भइसकेको छ । आचार्य भन्नुहुन्छ, ३४ लाखभन्दा बढी मूल्यका गाईगोठमै छन् । एउटा बाछी १२ देखि १६ महिनामा ३० हजारसम्ममा बिक्री हुने बताउँदै उहाँले भन्नुभयो, दूधको मूल्य लगानीको तुलनामा कमी भयो । सरकारले दाना र औषधि उपचारमा सहयोग गर्ने हो भने दूधमा जिल्लालाई आत्मनिर्भर बनाउने आँट आएको छ । अझै बढी दूध उत्पादन गर्न सकिने भए पनि बजारको अभाव भएको उहाँको भनाइ छ । उर्लाबारीमा दूध चिस्यान केन्द्र र प्रशोधन उद्योगको स्थापना भए गाईपालन अझै विस्तार गर्ने आचार्यले बताउनुभयो ।

उहाँले सबै गाईको बीमा पनि गर्नु भएको छ । जिल्लामै गाई पाल्ने साना फारममध्ये आचार्यको फारम यही वर्ष सर्वोत्कृष्ट भएको भयो । जिल्ला पशु सेवा कार्यालय मोरङले उत्कृष्ट भएबापत चार लाख रुपियाँ अनुदान दिएपछि हौसिएका आचार्य जागिर छोडेर पनि प्रशन्न हुनुहुन्छ । भन्नुहुन्छ, हिजो एउटा शिक्षक थिएँ, आज मोरङको उत्कृष्ट किसान भएर चिनिएको छु । आचार्य आफ्नो गोठमा आफैँ काम गर्नुहुन्छ । घाँस काट्ने, कुँडो पकाउने मात्र होइन, भकारो फाल्ने, गाई दुहुने र डेरीसम्म पु¥याउने काम उहाँ आफै गर्नुहुन्छ । त्यसो त दुई भाइ र बुहारीले कृष्ण र अम्बिकालाई पूरै भरथेग गरेका छन् ।

गाई पाल्दाको सबैभन्दा सुपथ आम्दानी गोबर बिक्रीबाट भएको उहाँको ठम्याइ छ । प्रत्येक चार महिनामा छ ट्याक्टर गोबर बिक्री गर्दै आउनुभएका आचार्यले प्रतिट्याक्टर तीन हजारका दरले गोबर मल बेचेको सुनाउनुभयो । त्यति मात्र होइन दस कट्ठा रुखो जग्गालाई उहाँले हराभरा बनाइसक्नु
भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter