दुई जर्मन नागरिक सम्मानित

Flag of Nepal and Germanyकाठमाडौँ, मङ्सिर १२ गते । नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका दुई जर्मन नागरिकलाई हिमालयन शेर्पा फाउन्डेशनले सम्मानित गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जर्मन नागरिक द्वय डा मेथियस वाउमन र फ्रेक स्टेवलरलाई हिजो यहाँ आयोजित एक कार्यक्रममा सम्मान पत्रबाट अभिनन्दन गर्नुभयो ।

डा मेथियसले सन् २०१४ मा सगरमाथाको आधार शिविरमा हिम पहिरो आइ १६ जना भन्दा बढी आरोहीहरुको निधन हुँदा त्यहाँ पुग्नु भई उद्दार कार्यमा संलग्न हुनुका साथै आरोहीहरुको बाल बच्चाहरुलाई काठमाडौँमा ल्याइ विद्यालयमा पढाइदिने कार्य गरी रहनु भएको छ । त्यसैगरी उहाँले सन् २०१५ मा नेपालमा गएको महाभूकम्पमा देशले ठुलै संकट सामना गरी रहँदा उहाँ पुनः नेपाल आइ धेरै भुकम्पपिडित विरामीहरुको सेवा गर्दै नेपालमा धेरै स्थानहरुमा भत्केका भौतिक संरचनाहरु तयार पार्ने कार्यमा संलग्न हुनु भयो । यसै क्रममा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नं. ३ गुमेलामा रहेका जनसेवा नि.मा.वि.पुनःनिर्माण कार्यमा उहाँले विशेष सहयोग गर्नुभयो भने काभ्रेपलाञ्चोक जिल्लामा पनि २ वटा विद्यालय भवन पुनःनिर्माण गरीदिनु भयो । त्यसैगरी उहाँले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामू गाउँपालिका वडा नं. ३ फक्दिङमा हिमालयन शेर्पा अस्पताल निर्माण गर्नको लागि विशेष भूमिका निर्वाह गरिरहनु भएको छ ।

त्यस्तै सन् २०१५, २०१६ तथा २०१८ गरी ३ पटक विश्व रेस्लिङ विजेता हुनु भएको फ्रेक स्टेवलर पनि हिमालयन शेर्पा अस्पताल निर्माणमा आर्थिक संकलन कार्य गर्नको लागि नेपाल भ्रमणमा आउनु भएकोले उहाँलाई पनि अभिनन्दन गरिएको हिमालयन शेर्पा फाउन्डेशनका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter