विद्युतीय बस सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गरिने

Electric Busesकाठमाडौंँ मङ्सिर १३ गते । काठमाडौँ महानगरपालिकाले विद्युतीय सवारी साधन सार्वजनिक प्रयोगमा ल्याउन प्रदेश सरकारसँग लगानी साझेदारी गर्ने भएको छ ।

यातायात व्यवसायीसँग आज भएको छलफलमा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्न आवश्यक रहेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, “विद्युतीय बस सञ्चालनका लागि पूर्वाधार विकास गर्दै लैजाने योजना बनाएका छौं, त्यसका लागि सबै पक्षसँग सहकार्य गरेर वातावरणमैत्री यातायात सेवा सञ्चालनमा प्रोत्साहन गर्नेछौं ।”

यातायात व्यवसायी भेषबहादुर थापाले काठमाडौंका सडक र बसको क्षमता जाँच गरी सामान्य उकालो र खाल्डाखुल्डीमा पनि सहजै गुड्न सक्ने बस ल्याइने जानकारी गराउनुभयो । सुन्दर यातायात प्रा.लिले अबको दुई महीनामा ४५ सिट र ८५ यात्रु ओसारपसार क्षमता भएका तीन वटा विद्युतीय बस सञ्चालन गर्ने तयारीसमेत गरेको थापाले जानकारी गराउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter