सरकार कमजोर भए नागरिकका अधिकार सुरक्षित हँुदैन ः मुख्यमन्त्री पोखरेल

Shankhar Pokharelरुपन्देही, मङ्सिर २६ गते । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकार बलियो भए जनता अधिकार सम्पन्न हुने बताउनुभएको छ ।

प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले आज बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र सांसदको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले सरकारसक्षम भएमात्र जनताले अधिकारको प्रत्याभूति गर्ने बताउनुभयो । “राज्यलाई कमजोर बनाएर परिणाम आउँदैन” उहाँले भन्नुभयो, “मौलिक हकको सुनिश्चितताको लागि सरकारलाई कसरी बलियो बनाउने भन्नेतर्फ सबैले सोचौँ ।”

उहाँले सरकार कमजोर हुँदा सङ्गठित जमातले नागरिकमाथि प्रभुत्व जमाउने र नागरिकका अधिकार कुण्ठित हुने विचार व्यक्त गर्नुभयो । उहाँले मुलुक विकास र समृद्धिको बाटोमा अगाडि बढेकाले यसलाई मानवअधिकारसँग जोड्न जरुरी रहेको बताउनुभयो ।

विकासको प्रतिफल जनताले पाउन भन्नकै लागि प्रदेश सरकार लागिरहेको बताउँदै उहाँले जमीन नभएका कारण श्रम गर्न नपाएका नागरिकका लागि जमीन दिने कार्यक्रम ल्याएको बताउनुभयो ।

कार्यक्रममा प्रदेशका कानूनमन्त्री कुलप्रसाद केसीले कानून कार्यान्वयनका लागि प्रदेश सरकार तदारुकताका साथ लागिपर्ने बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त गोविन्द शर्मा पौडेलले नागरिकका अधिकारका विषयमा तीन तहकै सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा अधिवक्ताद्वय मोहनलाल बज्राचार्य र तेजप्रसाद कँडेलले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter