पर्यटन प्रवद्र्धनलाई साझा अवधारणा

Nepal-Tourism-Boardकाठमाडौँ, मङ्सिर २७ गते । नेपालका लागि श्रीलङ्काका राजदूत स्वर्णा परेराले दुई देशबीच पर्यटन प्रवद्र्धन गर्न साझा अवधारणासाथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले नेपाल र श्रीलङ्काबीच पर्यटन प्रवद्र्धनबारे आज आयोजना गरेको अन्तक्र्रियामा उहाँले पर्यटकीय दृष्टिले दुवै देश महत्वपूर्ण भएकाले कार्यक्रम बनाएर प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । राजदूत परेराले पर्यटक तान्न दुई मुलुकबीच सिधा हवाई सम्पर्क विस्तार गरी प्रवद्र्धनात्मक गतिविधिलाई तीव्रता दिइनुपर्ने खाँचो औँल्याउनुभयो । सांस्कृतिक र धार्मिक रुपमा दुई देशबीच नजिकको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै पारस्परिक हित र लाभका विषयमा भावनात्मक सहकार्य अभिवृद्धिमा सक्रिय हुनुपर्ने राजदूत परेराको भनाइ थियो ।

पर्यटन प्रवद्र्धन गर्न एकअर्का देशबीचका ‘टूर अपरेटर’ को सम्मेलन गराई प्रचारप्रसार गरिएको खण्डमा पर्यटक आवागमन वृद्धि हुने उहाँको विश्वास छ । नेपाल र श्रीलङ्काबीच सन् १९२० देखि कूटनीतिक सम्बन्ध स्थापना भएको हो । करीब ७४ बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलङ्काबाट वर्षेनी भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा वार्षिक ५० हजारको हाराहारीमा श्रीलङ्काका पर्यटक आउँछन् ।

श्रीलङ्काको पर्यटन विकास प्राधिकरणका अनुसार सन् २०१६ मा ५७ हजार ५२७ र सन् २०१७ मा ४५ हजार ३७१ पर्यटक नेपाल आएका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले कमी हो । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार नेपालबाट सन् २०१६ मा १२ हजार ८३८ र सन् २०१७ मा ५९ प्रतिशतले घटेर जम्मा पाँच हजार १४४ पर्यटक श्रीलङ्का पुगेका छन् ।

टानका अध्यक्ष नवराज दाहालले नेपाल र श्रीलङ्काबीचको लामो कूटनीतिक सम्बन्धलाई पर्यटनको माध्यमबाट आपसी लाभ लिन सकिने उल्लेख गर्नुभयो । उहाँले दुई देशबीचको पर्यटकीय सम्भावनालाई उजागर गर्दै प्रवद्र्धनका कार्यक्रमलाई हातेमालोसाथ अघि बढ्ने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।

छलफलमा सहभागी पूर्वपर्यटन राज्यमन्त्री याङकिला शेर्पा, टानका पूर्वअध्यक्ष चन्द्र रिजाल, पर्यटन व्यवसायी मोहन लम्साललगायतले दुवै मुलुकबीच पर्यटन प्रवद्र्धन गर्न साझा कार्यक्रम बनाएर जानुपर्ने सुझाउनुभएको थियो । दुई देशबीचको प्रवद्र्धनात्मक कार्यक्रमले सरकारले घोषणा गरेको सन् २०२० को नेपाल भ्रमण वर्ष अभियानलाई सार्थक तुल्याउन महत्वपूर्ण सहयोग पुग्ने उहाँहरुको भनाइ थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter