सातै प्रदेशका सभामुखको भेला चितवनको सौराहामा

Province-4-pokharaभरतपुर, मङ्सिर २९ गते । सातै प्रदेशका सभामुख, उपसभामुख र सचिवहरु आज चितवनको सौराहामा भेला हुनु भएको छ । प्रदेश नं ३ प्रदेशसभाको आयोजनामा अन्तर प्रदेशस्तरीय अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो । सो भेलाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा सभामुख महराले सङ्घीयता असफल भए मुलुक असफल हुने धारणा राख्नुभयो । उहाँले सङ्घीयता बलियो बनाउन राष्ट्रिय एकता बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । सरकारलाई सफल बनाउन ऐन, नीति नियम निर्माणमा सहयोग गर्न महराले आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सबै प्रदेशमा आधुनिक किसिमको संसद् भवन निर्माण गर्नुपर्ने बताउनुभयो । भौतिक संरचना बनेपछि काम कारवाही प्रभावकारी हुने उहाँको भनाइ छ । सङ्घीय संसद् र प्रदेशसभाका अधिकारबारे आगामी हिउँदे अधिवेशनबाट छलफल हुने र त्यसपछि प्रदेशलाई कानून बनाउन सहज हुने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । प्रदेशमा भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापन मुख्य समस्या रहेको भन्दै त्यसलाई समाधान गरिने उहाँको भनाइ छ ।

प्रदेशसभाले गरेका काम र अनुभव आदानप्रदान गर्न भेला आयोजना गरिएको प्रदेश नं ३ का सभामुख सानुकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कानून निर्माणमा कसरी सहकार्य र समन्वय गरेर अघि बढ्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुने बताउनुभयो । छलफलबाट निस्केका निष्कर्षसहितको चितवन घोषणापत्र जारी गर्दै भेला आजै सकिनेछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter