एक करोड २० लाखमा मन्दिर पुनःनिर्माण; मन्दिर वरपर घर निर्माणमा रोक

Changu Narayan Templeदमौली, मङ्सिर २९ गते । लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिरको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । विसं २०७२ को भूकम्पले क्षति पुगेको मन्दिरको पुरातत्व विभागको आर्थिक सहयोगमा पुनःनिर्माण भइरहेको छ ।

इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले पुस मसान्तसम्म मन्दिरको पुनःनिर्माण सकिने जानकारी दिनुभयो । उहाँका अनुसार पुरातत्व विभागको रु एक करोड २० लाख ६८ हजारको लागतमा मन्दिरको पुनःनिर्माण शुरु गरिएको थियो ।

इशानेश्वर मन्दिरमा शिवरात्रीको दिन हजारौँ सङ्ख्यामा भक्तजनको घुइँचो लाग्ने गरेको छ । मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित विभिन्न संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । हाल मन्दिरको नाममा मन्दिर आसपास १४ रोपनी जग्गा रहेको छ । सोही जग्गामा १०८ धारा निर्माण गर्ने लक्ष्यसमेत राखिएको छ ।

मन्दिर वरपर घर निर्माणमा रोक

मध्यनेपाल नगरपालिकाले मन्दिर वरपरको १०० मिटरभित्र घर निर्माणमा रोक लगाएको छ । नगरप्रमुख रमेशकुमार पाण्डेले मन्दिर वरपरको जग्गा मन्दिरको लागि आवश्यक पर्ने भएकाले हालका लागि घर निर्माणमा रोक लगाइएको बताउनुभयो ।

धार्मिक रूपले निकै महत्व बोकेको यस क्षेत्रलाई मुख्य हब बनाएर समग्र नगरपालिकाको धार्मिक पर्यटन विकाससँगै समृद्धिको आधार बनाउनको निमित्त नगरपालिकाले लागिपरेको पाण्डेले बताउनुभयो ।

विसं १४१४ मा तत्कालीन लमजुङका राजा वीरनारायण शाहद्वारा मन्दिर निर्माण गरी त्यसबेलादेखि आजसम्म श्रद्धालु भक्तजनद्वारा पूजाअर्चना हुँदै आएको समितिका अध्यक्ष घिमिरे बताउनुहुन्छ ।

प्राचीनकालमा हरिनारायण पोखरेलद्वारा बीउ राख्न गोरु जोत्दा शिवलिङ्ग जोतिन गई रगत बग्न थालेको र हल गोरुसहित हलीको मृत्यु भई सो ठाउँमा शिवलिङ्ग उत्पत्ति भएको किंवदन्ती रहेको छ । किंवदन्तीअनुसार गोरखाका राजा कृष्ण शाहका सन्तान नभएपछि महाशिवरात्रीका दिन मन्दिरमा आई रातभर ठाडो बत्ती बाली सन्तान प्राप्त गरेकाले छोराको नाम रुद्र शाह राखेका थिए ।

मन्दिरमा वैशाख, साउन र कात्तिक महीनामा टाढा–टाढाबाट भक्तजन दर्शनका लागि आउने गरेका छन् । मन्दिरमा प्रत्येक हप्ताको सोमबार शिवजीको विशेष पूजाअर्चना हुने गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter