दीर्घकालीन ल्याण्डफिल निर्माण गरिने

Garbageकाठमाडौँ, पुस २२ गते । शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन रुपमा फोहर थुपार्न ल्याण्डफिल निर्माण गर्न डिजाइन तयारको काम गरिरहेको छ । लामो समयसम्म पनि कसले निर्माण गर्ने विवाद भइरहँदा गत मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहरी विकास मन्त्रालयले निर्माण गर्ने निर्णय गरेपछि अहिले डिजाइनको काम गरिरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को मङ्सिर १७ गते बसेको बैठकले उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न नुवाकोटस्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्याण्डफिल निर्माण गर्ने जिम्मा मन्त्रालयलाई दिने निर्णय गरेको थियो ।

काठमाडौँ महानगरपालिकासहित काठमाडौँ उपत्यकाको १८ वटा स्थानीय तहको फोहर हाल नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थानभन्दा दुई किलोमिटर पर दीर्घकालीन फोहर व्यवस्थापन गर्न सकिने स्थान निर्माण गर्न लागिएको हो । हाल फोहर व्यवस्थापन गरिँदै आएको स्थानभन्दा दुई किलोमिटर मात्रै पर भएपनि बाटो समेत निर्माण गर्नुपर्ने अवस्था रहेको छ ।

बञ्चरेडाँडामा निर्माण गर्न लागिएको फोहर व्यवस्थापन केन्द्र निर्माण गर्नका लािग कामपाले नै निर्माण गर्ने भनिए पनि स्थानीय तहको काम निर्माण नगर्ने र केन्द्र सरकारले निर्माण गरेको स्थानमा फोहर थुपार्ने मात्र हो भन्दै कामपाले अडान लिएपछि केन्द्र सरकारले निर्माणको तयारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता दवाडीका अनुसार आगामी फागुनसम्ममा कस्तो ल्याण्डफिल निर्माण गर्ने भन्ने विषयमा नमूना तयार गरी अन्य काम अघि बढ्नेछ । हाल काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन र काठमाडौँ महानगरपालिकाबाट मात्र दैनिक ५०० मेट्रिक टन फोहर निस्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन हुँदैआएको छ ।

सिसडोलका स्थानीयवासीले केन्द्र सरकारले छिटोभन्दा छिटो निर्माणको काम शुरु नगरे आफूलाई दैनिक जीवन सञ्चालन गर्न समेत कठिन हुने गुनासो बताउँछन् ।

हरेक वर्ष वर्षाद्को समयमा बाटो बिग्रदा र उत्पादन हुने फोहरमा समेत वृद्धि हुँदा लामो समयसम्म पनि उपत्यकाको फोहर नउठ्ने समस्या नियमित जस्तै भइसकेको छ । बञ्चरेडाँडामा निर्माण गरिने ल्याण्डफिल्डका लागि आवश्यक बजेटको व्यवस्था भए पनि निर्माण कार्य सम्पन्न गर्न कम्तीमा पनि तीन वर्ष लाग्ने जानकार बताउँछन् ।

सिसडोलमा अब फोहर राख्न नमिल्ने भएकाले आजैबाट बञ्चरेडाँडालाई दीर्घकालीन रुपमा फोहर राख्ने स्थान बनाउन काम शुरु गर्ने हो भने पनि तत्कालको लागि व्यवस्थापन गर्ने स्थान आवश्यक देखिन्छ । सिसडोलमा करीब ४०÷५० मिटरमाथिसम्म फोहरमा निर्माण गरिएको प्रवेश मार्ग फोहरको अत्यधिक भारले गर्दा पहिरो जाने सम्भावना रहेकाले अब त्यहाँ फोहर विसर्जन गर्न समस्या हुने भएको छ ।

सिसडोलमा २०६२ सालमा दुई वर्षको फोहर व्यवस्थापन गर्न सकिने क्षमताको ल्याण्डफिल्ड निर्माण गरिएकामा चार पटकसम्म विस्तार गरेर अहिलेसम्मको फोहर व्यवस्थापन गरिँदै आएको छ ।

गत वर्षको स्थानीय तह निर्वाचनपछि स्थानीयवासीको समस्या स्थानीय तहले नै समाधान गर्नुपर्ने भए पनि यस समस्या समाधान हुन सकेको छैन । केही समय अघिसम्म कामपाले अल्पकालीन फोहर व्यवस्थापन गर्ने स्थान तत्कालै निर्माण गर्ने जनाए पनि अहिले नगर्ने भन्दै आएको छ ।

कामपाका वातावरण विभागका प्रमुख हरि श्रेष्ठका अनुसार दीर्घकालीन फोहर व्यवस्थापनको लागि काम अघि बढिसकेकाले थप खर्च गरेर अल्पकालीन फोहर व्यवस्थापन केन्द्रको आवश्यकता नभएको बताउनुहुन्छ ।

अहिले यसअघि १३ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन हुँदै आएको नुवाकोटस्थित सिसडोलमा नै फोहरको व्यवस्थापन गरिने श्रेष्ठले जानकारी दिनुभयो । सिसडोलदेखि बञ्चरेडाँडासम्म जानको लागि बाटो निर्माण गर्ने काम भइरहेको र आगामी दुई महीनाभित्र काम सकेर फोहर व्यवस्थापन स्थल निर्माणको काम शुरु हुने हुँदा निर्माणको काममा ढिला हुँदैन श्रेष्ठले भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter