‘वल्र्ड रेकर्ड’ कायम गर्न सफल केसी सम्मानित

Guinnes World Recordsकाठमाडौँ, पुस २३ गते । लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर ‘गिनिज वल्र्ड रेकर्ड’ कायम गर्न सफल अनन्तराम केसीलाई आज यहाँ सम्मान गरिएको छ ।

व्यक्तित्व विकास मनोशक्ति जागरण अभियानले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ र पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले केसीलाई संयुक्त रुपमा सम्मान गर्नुभयो । कार्यक्रममा वल्र्ड रेकर्डको प्रमाणपत्रसमेत सार्वजनिक ग¥यो ।

केसीले गत भदौ ११ देखि १५ गतेसम्म लगातार ९० घण्टा दुई मिनेट भाषण गरेर वल्र्ड रेकर्ड कायम गर्नुभएको थियो । केसीले प्राप्त गरेको प्रमाणपत्रमा लगातार ९० घण्टा दुई मिनेट भाषण गरी नयाँ वल्र्ड रेकर्ड कायम गर्नुभएकाले सो प्रमाणपत्र प्रदान गरिएको उल्लेख छ ।

नुवाकोट शिवपुरी गाउँपालिका–१ का केसीले भारत केरेलाका केपी भाल साराजानले ८१ घण्टा १६ मिनेट बोलेर कायम गरेको विश्व कीर्तिमानलाई तोड्नुभएको छ ।

न्यू माइण्ड्स एकेडेमीको आयोजनामा केसीले गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीस्थित इस्टपोल स्कूलमा वक्तव्य दिनुभएको थियो । नेपालको ७७ वटै जिल्ला र भारतको छ प्रान्तका गरी १२ हजार ५०० किलोमिटर पैदलयात्रा गरिसक्नुभएका केसी आध्यात्मिक साधकसमेत हुनुहुन्छ । केसीले २१ दिन जल उपवास र छ महीना मौन ध्यान साधना पूरा गरिसकेको सो अवसरमा जानकारी दिइयो ।

कार्यक्रममा सो अभियानमा केसीलाई सहयोग पु¥याउने विभिन्न क्षेत्रका ५० भन्दा बढी महानुभावलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter