प्लाष्टिक झोलामुक्त उपमहानगर

Plasticतुलसीपुर,माघ १ गते । तुलसीपुर उपमहानगरपालिकालाई आजदेखि प्लाष्टिक झोलामुक्त उपमहानगर घोषणा गरिएको छ । उपमहानगरलाई वातावरणमैत्री नगर बनाउन यस्तो घोषणा गरिएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।

“प्लाष्टिकले वातावरण प्रदूषण हुनुका साथै मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्ने भएकाले यस्तो घोषणा गरिएको हो”, उहाँले भन्नुभयो ।

त्यस्तै प्लाष्टिकका गिलास, थाल, प्लेट र कचौरा समेतमा बन्देज लगाइएको छ । तुलसीपुर उपमहानगरपालिकालाई हरित नगरका रूपमा विकास गर्न उपमहानगरले विगतदेखि नै विभिन्न अभियान सञ्चालन गर्दै आएको बताउँदै नगरप्रमुख पाण्डेले प्लाष्टिक झोलामुक्त अभियान पनि त्यसैको निरन्तरता भएको बताउनुभयो ।

उपमहानगरपालिकाले घोषणाको तयारी गरेसँगै तुलसीपुर उद्योग वाणिज्य सङ्घले प्लाष्टिक बढी मात्रामा प्रयोग हुने किराना व्यवसायीसँग छलफल शुरु गरेको अध्यक्ष वीरु रावतले जानकारी दिनुभयो । उहाँले यो सबैको साझा अभियान भएकाले निस्वार्थ सबैले साथ दिनुपर्ने बताउनुभयो ।

मानिसले घरबाटै सामग्री खरिदका लागि झोला बोक्ने बानीको विकास गर्न सके यो अभियानले सार्थकता पाउने व्यवसायी राजन भण्डारीले बताउनुभयो । शहरलाई सुन्दर राख्न र मानिसलाई स्वस्थ राख्न यो राम्रो कदम भएको स्थानीयहरूको भनाइ छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter