यौन तथा प्रजनन अधिकारका क्षेत्रमा उल्लेखनीय प्रगतिः उपप्रधानमन्त्री यादव

काठमाडौँ, फागुन १७ गते । यौन तथा प्रजनन अधिकार क्षेत्रमा नेपालले गरेका पछिल्लो उपलब्धिलाई अन्तर्राष्ट्रिय क्षेत्रबाट सरहना गरिएको छ ।

नेपालको संविधानमा यौन तथा प्रजनन अधिकारलाई मौलिक अधिकारका रुपमा राखिएको छ । यो अधिकारको प्रभावकारी कार्यान्वयन गर्न यससम्बन्धी ऐनसमेत कार्यान्वयनमा ल्याएको छ । महिला अधिकारका लागि विश्वव्यापी अभियान (सिडिसाइडस्) दिवसका अवसरमा आजदेखि यहाँ शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनका सहभागीले सो प्रशंसा गर्दै महिलाको शरीरमा महिलाको अधिकार हुनुपर्नेमा जोड दिए ।

दुईदिने सम्मेलनमा नेपालसहित २५ देशका २५ वर्षमुनिका २५ युवायुवतीको सहभागिता रहेको छ । सम्मेलनमा सन् १९९४ मा सम्पन्न भएको जनसङ्ख्या तथा विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसिपिडी) पछिको जनसङ्ख्या र विकासका क्षेत्रमा भएका उपलब्धिका समीक्षासमेत हुनेछ ।

आइसिपिडीमा प्रतिबद्ध गरेका आत्मनिर्णयको र छनोटको अधिकारको स्वतन्त्रतालाई साकार पार्न अगामी दिनमा गर्नुपर्ने कामका बारेमा समेत छलफल गरिनेछ । सन् २०१७ मा सिडिसाइडस्लाई विश्वव्यापी अभियानका रुपमा विकसित गरिएको थियो । किशोरी महिलाले आफ्नो शरीर, जीवन र भविष्यका बारेमा आफैँले निर्णय लिन पाउनुपर्छ भन्ने यस अभियानको मुख्य ध्येय छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सम्मेलनको शुभारम्भ गर्दै संविधान प्रदत्त यौन तथा प्रजनन अधिकार कार्यान्वयन गर्न यससम्बन्धी ऐन जारी भएको बताउनुभया ।
महिला अधिकारका बारेमा ग्रामीण क्षेत्रमा जनचेतना आवश्यक रहेको बताउँदै उहाँले महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सम्पत्तिमा समान हकको आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनएफपिए)का एशिया प्रमुख वियोन एण्डरसनले यौन तथा प्रजनन अधिकारमा महिलाको अधिकार स्थापित हुनुपर्छ भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter