पिउने पानीसँगै फेरियो जीवन शैली

भोजपुर, फागुन १९ गते । घर घरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कुवा र पँधेरा पुग्नुपर्ने बाध्यता रहेका स्थानीयवासी अहिले आँगनको डिलमै पिउने पानी थाप्न पाउँदा दङ्ग छन् ।

पर्याप्त पानीको सुविधा भएपछि उनीहरुले अहिले पानी खोज्न जाने समय तरकारी खेतीमा लगाएका छन् । विगत वर्षमा आफूलाई खानका लागिसमेत तरकारी उत्पादन गर्न नसक्ने स्थानीयवासीले अहिले तरकारी बचेरै मनग्गे आम्दानी गर्न पाएकामा निकै खुशी छन् ।

स्थानीय दानबहादुर खड्काले भन्नुभयो, ‘‘विगतमा पानीको निकै समस्या थियो, पानी खोज्न गाउँभरिका कुँवा, धारा धाउँदैमा एकजनाको दिन बित्थ्यो तर अहिले घरमै पानी आउँदा निकै खुशी लागेको छ, अहिले खेरगइरहेको पानीको उपभोग गरेर तरकारी पनि उत्पादन गरिरहेका छौ ।’’

तत्कालीन जिल्ला विकास समिति र शहरी विकास मन्त्रालयको सहयोगमा तीन वर्षको प्रयासपछि खानेपानीे योजनाको काम सम्पन्न भएकाले स्थानीयवासीको समस्या टरेको हो । अहिले स्यालखेत खानेपानी मुहान र गाठेचौर खानेपानी मुहानबाट पानी ल्याएर स्थानीयवासीलाई वितरण गरिएको छ । दुईवटा खानेपानी आयोजनाका लागि करीब ५४ लाख खर्च भएको खानेपानी आयोजना निर्माण समितिले जनाएको छ ।

पानीको समस्यामा परेका गाउँका ६० घर बढी घरपरिवारले अहिले पानी उपभोग गर्दै आएका छन् । स्यालखोला उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर खड्काले भन्नुभयो, ‘‘ यहाँ पानीको निकै समस्या थियो तर अहिले दुई खानेपानी आयोजनाको काम सकिएपछि पानीको समस्या हटेको हो । पानी आएपछि अहिले गाउँ नै हराभरा बनेको छ । ’’

प्रत्येक घरको करेसाबारीमा लहलह तरकारी देख्न पाइन्छ पानी आएपछि अहिले गाउँका स्थानीयवासीको दैनिकी नै फेरिएको छ ।’’ उहाँले भन्नुभयो । स्थानीयवासीले पानीको व्यवस्था गर्नाका लागि श्रमदान पनि गरेका थिए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter