भोजमा खर्च गर्ने रकम सामाजिक कार्यमा

साँखु, फागुन २१ गते । प्रदेशसभा सदस्यले भोजमा खर्च हुने रकम सामाजिक कार्यका लागि सहयोग गरेका छन् ।

प्रदेश नं ३ प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा र उनकी धर्मपत्नी अनु प्रसाईं लामाले आफ्नो सुपुत्रको अन्नप्राशन ९पास्नी० मा लाग्ने खर्च गोकर्णेश्वर नगरपालिका–५ मा सञ्चालित नयाँ जीवन नेपाल नामक संस्थालाई सहयोगस्वरुप रु चार लाख प्रदान गर्नुभयो ।

सो संस्थामा अपाङ्गता भएका २५ जना बालबालिका आश्रय लिइरहेका छन् । सो संस्थामा सोमबार आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य लामाले उक्त रकमको चेक संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रदेशसभा सदस्य लामाले सामाजिक रीतिरिवाजमा हुने अनावश्यक खर्च रकम सामाजिक कार्यमा प्रयोग गर्नसके समाजमा सकारात्मक परिवर्तन आउन सक्ने बताउनुभयो ।

परम्पराका नाममा लाखौँ खर्च गर्ने संस्कार बढ्दै गएको अवस्थामा परोपकारी कार्यले सबैमा सकारात्मक सन्देश दिने उल्लेख गर्दै उहाँले यस्ता कार्यमा आगामी दिनमा पनि आफूले सक्दो सहयोग गर्ने विश्वास व्यत्तः गर्नुभयो ।

काठमाडौँ महानगरपालिका–६ का वडाध्यक्ष दीपेन्द्र लामाले उक्त संस्थालाई आफ्नो एक महीनाको सेवा सुविधा प्रदान गर्ने घोषणा गर्नुभयो ।

समाजसेवी तथा पूर्वलायन्स गभर्नर कुमारराज सुवेदीले सो संस्थालाई ४३ इञ्चको टेलिभिजनका साथै लायन्स क्लबसँग समन्वय गरी खाद्यान्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter