भ्रष्टाचारविरुद्ध निगरानी संस्था गठन

लहान, फागुन २३ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्लाको सार्वजनिक निकायमा हुने अनियमिततालाई निगरानी गर्न सिरहामा भ्रष्टाचार बिरुद्धको निगरानी संस्था गठन गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका प्रमुख सहसचिव शिवराम न्यौपानेको उपस्थितिमा सदरमुकाम सिरहामा सम्पन्न सर्वपक्षीय भेलाले सिरहाबाट प्रकाशित हुँदै आएको अपन दैनिकका प्रधानसम्पादक अनिरुद्ध ठाकुरको अध्यक्षतामा भ्रष्टाचार विरुद्धको निगरानी संस्था गठन गरेको हो ।

गठित संस्थाको उपाध्यक्षमा मानवअधिकारकर्मी श्यामकुमारी साह, सचिवमा उपभोक्ता मञ्चका रमानन्द गुप्ता, सहसचिवमा पत्रकार सुरेन्द्र कुमार कामती र कोषाध्यक्षमा प्रमोदकुमार पौड्याललाई चयन गरेको छ ।

यस्तै सदस्यहरुमा रामभरोसी महतो, किरण राय, दीपेन्द्र अधिकारी, देवकुमारी महरा, तारणीप्रसाद यादव र नवराज लामालाई चयन गरिएको छ । सुशासन कायम गर्न, भ्रष्टाचारविरुद्ध नागरिकलाई सचेत बनाउन, सदाचार अपनाउन र विभिन्न समुदायसँग सहकार्य गरी अघि बढ्न सके मात्र भ्रष्टाचार रोक्न सक्ने भएकाले जिल्ला जिल्लामा भ्रष्टाचार विरुद्धको निगरानी संस्था गठन गर्न लागिएको आयोग बर्दिवास कार्यालयका प्रमुख सहसचिव न्यौपानेले बताउनुभयो ।

भेलामा प्रजिअ रुद्रप्रसाद पण्डित, उपसचिव पुरुषोत्तम ढकाललगायत जिल्लास्थित नागरिक समाज, प्राध्यापक, शिक्षक, सञ्चारकर्मी, अधिकारकर्मी लगायतको उपस्थिति थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter