‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’

काठमाडौँ, फागुन २४ गते । ‘नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ र ‘तेस्रो प्राङ्गारिक कृषि मेला– २०७५’ आजदेखि शुरु भएको छ ।

मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले आज यहाँ उद्घाटन गर्नुभयो । मेला बिहीबारदेखि शुरु भएको भए पनि आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उद्घाटन गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घले जनाएको छ ।

मेलाको प्रमुख नाराका रूपमा ‘मेहनत सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको’ र ‘नेपाली वस्तु प्रयोग गराँै, नेपाली भएकोमा गर्व गराँै’ भन्ने रहेको छ । व्यापार घाटा कम गर्न र निर्यात प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएको घरेलु उत्पादनलाई बढावा दिनसमेत मेला प्रभावकारी हुने र त्यसबाट सीप र क्षमताको विकास एवं विस्तारसमेत हुने विश्वास लिइएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले चासोपूर्वक स्टलको अवलोकनसमेत गर्नुभयो । ढाका, अल्लोको कपडा तथा अन्य घरेलु उत्पादनको निर्माण तथा बनावटको प्रक्रियाका बारेमा समेत राष्ट्रपतिले उद्योगी व्यवसायीसँग जानकारी लिनुभएको थियो ।

देशले हाल वार्षिक रु १२ खर्ब बढीको व्यापारघाटा व्योहोरिरहेको र दैनिक उपभोग्य वस्तुसमेत विदेशबाट आयात भइरहेको सन्दर्भमा सरकारले नै घरेलु उत्पादनमा जोड दिनुपर्ने महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीको भनाइ छ । एक अध्ययनअनुसार शहरीया जनजीवनमा १५ देखि २५ प्रतिशत र ग्रामीण क्षेत्रमा ४० देखि ५५ प्रतिशत मात्र स्वदेशी वस्तुको उपयोग भइरहेको छ । स्वदेशी उत्पादनको वृद्धि र त्यसको सहज व्यापारले मात्रै व्यापार घाटा घटाउन र आन्तरिक रूपमा समेत परिपूर्तिका लागि मार्गदर्शन गर्ने महासङ्घको भनाइ छ ।

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्प लिएको सन्दर्भमा महासङ्घले पनि सोही सङ्कल्पलाई पूरा गर्न ‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’ भन्ने नारा अगाडि सारेको छ । वैदेशिक रोजगारीमा गएका ४० लाख बढी युवालाई देश फर्काउन र रोजगारीको अवसर प्रदान गर्न समेत घरेलु तथा लघुउद्यम नै उत्तम विकल्प भएको महासङ्घका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७३÷७४ मा कूल तीन लाख ८६ हजार ५१२ घरेलु तथा साना उद्योग रहेकामा चालू अवस्थामा हाल दुई लाख ६४ हजार ८६ मात्रै रहेका छन् । ती उद्योगमा कूल पूँजी लगानी रु ३५ अर्ब ३१ करोड बराबर रहेको र २४ लाख ६६ हजार ९९२ ले रोजगारी पाएका छन् । त्यसमा साना किसान, घरमा आधारित साना उत्पादनकर्ता र लघुउद्यम समावेश छैनन् । समृद्ध नेपाल निर्माणको प्रमुख आधार स्थानीय स्रोतसाधनमा आधारित स्वरोजगार सिर्जना गर्ने लघुउद्यम र साना उद्योग नै भएको महासङ्घले उल्लेख गरेको छ ।

सो अवसरमा महासङ्घले साना तथा घरेलु उद्योगको स्तरोन्नति गर्न र नयाँनयाँ उद्योग स्थापना गरी समृद्धिको अभियान अगाडि बढाउन, स्थानीय तहमा साना उद्योगग्राम स्थापना गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । यस्तै नेपाल राष्ट्र बैंकले विशिष्टकृत रूपमा छुट्याएको कोषमार्फत सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन, प्रविधि हस्तान्तरण बजारीकरणमा सहयोग पु¥यउनसमेत सरकारको सहयोग जरुरी रहेको मेला आयोजक समारोहका संयोजक उमेशप्रसाद सिंहको भनाइ छ ।

बजारीकरण र व्यावसायीकरण हुन नसक्दा साना उद्योग बाबुआमाको हातबाट छोराछोरीको हातमा हस्तान्तरण हुन नसकी बाबुआमासँगै बिलाएर जाने अवस्था सिर्जना भएको छ ।

पाँच दिनसम्म चल्ने मेलामा २०५ स्टल रहेका छन् । त्यसमा उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योग, चीन, भारत, बङ्गलादेश गरी ४५ अन्तर्राष्ट्रिय स्टल रहेका छन् । करीब चार लाख ५० हजारले अवलोकन गर्ने र झण्डै रु १५ करोडको कारोवार गर्ने लक्ष्य राखिएको छ ।

मेलालाई सम्बोधन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले स्वदेशी अर्थतन्त्रको विकास, विस्तार र संरक्षण गर्दै नेपालको समृद्धिका लागि वैदेशिक लगानीसमेत भित्र्याउन लागिएको बताउनुभयो । उहाँले साना तथा घरेलु उद्योगको विकास र विस्तारका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ काम गरिरहेको जानकारी दिनुभयो ।

आयात प्रतिस्थापन गर्न पनि नेपालका घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको भन्दै मन्त्री यावदले सबैलाई उद्योगी बनाउन र बन्न सरकार प्रेरकको रूपमा रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, केन्द्रीय महिला उद्यमी समितिका सभापति शिवा उपाध्याय, अर्गानिक एशोसिएसन अफ नेपालका अध्यक्ष दीपकप्रकाश बाँस्कोटालगायतले साना तथा घरेलु उद्योगको प्रवद्र्धनमा सरकार र निजी क्षेत्रको साझा सोच र सङ्कल्प जरुरी रहेको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter