‘संविधानले सबैका अधिकार सुनिश्चित’

विराटनगर, चैत २ गते । प्रदेश नं १ का प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङले नेपालको संविधानले सबै जातजातिका अधिकारलाई सुनिश्चित गरेको बताउनुभएको छ ।

नेपाल दशनामी समाजको पाँचाँै राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले सन्यास प्रमुख जीवनशैली रहेको यो समाजले आफ्नो पहिचान र अधिकारका लागि निकै सङ्घर्ष गरेको चर्चा गर्नुभयो ।

हिंसामुक्त समाज र मेलमिलापको सिद्धान्तलाई अङ्गीकार गरको यो समाजले आपसी एकता र भाइचाराका सम्बन्धलाई विकसित गर्दै लैजानुपर्ने सुझाव दिँदै प्रमुख तुम्वाहाङले मुलकका सबै जातजातिको पहिचान र मौलिकतालाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अधिकार र पहिचानको लडाइँमा दशनामी समाज ऐक्यबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा समाजका पदाधिकारी राजेन्द्र गिरी, रवीन्द्रप्रसाद गिरी, दिनेशचन्द्र गिरी, महेश्वर भारती, रुद्र गिरी, डिल्लीराम गिरी र जुनुम गिरीले समाजको सङ्घर्षबाट नै संविधानमा दशनामी समाज सूचीकृत भएकामा खुशी व्यक्त गर्नुभयो । सो अवसरमा समाजका प्रमुख संरक्षकको रुपमा जयराम पुरीलाई सम्मान गरिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter