दिगो विकास समितिले प्रदेशस्तरमा अनुगमन गर्ने

काठमाडौँ, चैत ३ गते । दिगो विकास लक्ष्य तथा सुशासन प्रवद्र्धनका लागि राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले पहिलो चरणमा तीन वटा प्रदेशमा अनुगमन गर्ने भएको छ ।

त्यस क्रममा सरोकार भएका निकायसँग छलफल समेत गरिनेछ । समितिको आजको बैठकले पहिलो चरणमा प्रदेश नं १, २ र ३ मा अनुगमन एवं छलफल गर्ने निर्णय भएको सभापति तारादेवी भट्टले जानकारी दिनुभयो । अनुगमनका क्रममा प्रदेश सरकारका दिगो विकास र सुशासनसँग सम्बन्धित विषयमा काम गर्ने मन्त्रालय एवं विभागका अधिकारीको सहभागिता रहने जनाइएको छ ।

सङ्घीय संसद्को चालु अधिवेशन समापन भएसँगै प्रदेश अनुगमनको कार्यक्रम तय गरिने उहाँले बताउनुभयो । बैठकमा सांसद दीनानाथ शर्मा, सरिता प्रसाइँ, रमेश रायमाझीलगायतले समितिको कार्यक्षेत्र तोकिएको विषयमा अनुगमन गरी सुधारका लागि सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिनुभएको थियो ।

समितिले शुक्रबार सङ्घीय संसद् सचिवालयभित्रको पुराना सामानलगायत चमेना गृहको अवस्थाका बारेमा स्थलगत अनुगमन गरेको थियो । दिगो विकास र सुशासनका विषयमा अनुगमन जारी रहने जनाइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter