हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगराैँ – सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, चैत ९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आमसञ्चारमाध्यमलाई हिंसालाई प्रोत्साहन गर्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको छ ।

सामुदायिक रेडियो प्रसारण सङ्घ (अकोराब)को १८औँ स्थापना दिवसको अवसरमा ‘सामुदायिक रेडियो ः नीतिगत बहस’ कार्यक्रममा आज उहाँले सञ्चारमाध्यमले हिंसालाई अभिप्रेरित गरेर विषयवस्तु समाचार सम्प्रेषण हुन थालेको भन्दै हिंसा गलत बाटो भएकाले त्यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गर्नुभएको हो ।

उहाँले हिंसालाई प्रोत्साहन हुने गरी समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई प्रेस स्वतन्त्रतासँग नभई सरकारको घोषित कानूनअनुसार अघि बढ्ने बताउनुभयो । “हिंसा प्रोत्साहन नगरौँ, हिंसा गर्नका लागि कसैले साथ सहयोग नगरौँ, हिंसालाई त्यो बाटो गलत हो भनेर सञ्चारमाध्यमबाट अभिप्रेरित गरौँ”, उहाँले भन्नुभयो, “हिंसाका विषयवस्तु सञ्चारमाध्यममा दिए सरकारले त्यसलाई प्रेस स्वतन्त्रतासँग मात्र जोडेर हेर्दैन, त्यसलाई आफ्नो घोषित कानूनअनुसार सरकारले हेर्दछ ।”

उहाँले हिंसालाई अभिप्रेरित गर्ने सञ्चारमाध्यमलाई कारवाही गर्दा प्रेस स्वतन्त्रता हुने कि नहुने भनेर प्रश्न गर्नुभयो । उहाँले पाँच÷ छ सञ्चारमाध्यमले हिंसाका कुरालाई प्रोत्साहन गरेको उल्लेख गर्नुभयो । सरकारले सङ्गठित हिंसा गर्न प्रतिबन्धित गरेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “त्यस्तो हिंसाका विषयवस्तु दिने सञ्चारमाध्यमलाई कारवाही हुने कि प्रेस स्वतन्ता हनन हुने ।”

मन्त्री बाँस्कोटाले नेपाली समाजमा पीडा र हिंसा अवसान नहुँदै कसैलाई हिंसा शुरु गरौँगरौँ लागेर नचाहिएका काम गर्न खोजिरहेको बताउनुभयो । उहाँले कञ्चनपुर घटनाका दोषी पत्ता छिटो लगाऊ भनेर सञ्चारमाध्यमले दबाब दिने कुरा राम्रो भएको उल्लेख गर्दै तर अपराधी पत्ता लगाउने क्रममा कसैलाई समात्यो भने त्यो कसरी समात्यो भनेर प्रश्न उठाउने कुरा राम्रो नभएको बताउनुभयो ।

उहाँले अब सञ्चारमाध्यम र विज्ञापन एजेन्सीले समेत कस्ता विज्ञापन प्रसारण वा छाप्ने भनेर आ–आफ्नो आचारसहिंता हुनुपर्ने धारणा राख्नुभयो । मन्त्री बाँस्कोटाले काठमाडौँमा रेडियो फ्रिक्वेन्सी होल्ड गरेर राख्ने काम अत्याचार पूर्ण ढङ्गले रहेको उल्लेख गर्दै भन्नुभयो, “कसैले फ्रिक्वेन्सी नपाउने र कसैले नचलाएर होल्ड गरेका छन्, अब त्यो होल्ड गरेर राख्ने प्रावधान हटाउनु पर्दछ ।”

कार्यक्रममा सांसद कृष्णभक्त पोखरेलले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य तथा अकोराबका पूर्वअध्यक्ष मीनबहादुर शाहीले सामुदायिक रेडियोमा समुदायको प्रतिनिधित्व बढाउन सरकार लागिरहेको बताउनुभयो । नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक व्याञ्जु श्रेष्ठले सामुदायिक रेडियोको व्यावसायिक क्षमता विकास गरेर स्थानीय तहलाई पनि समेटेर जानुपर्ने धारणा राख्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter