राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन – मन्त्री थापा

काठमाडौँ, चैत ९ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताउनुभयो ।

महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताउनुभयो । “समाजमा महिला हिंसालगायत बलात्कारका घटना बढ्दै गइरहेका छन्, त्यसको अन्त्यका लागि महिला आफैँ क्रियाशील र सशक्त भएर लाग्नु आवश्यक छ”, थापाले भन्नुभयो ।

महिलाको सोच, चिन्तन र व्यवहारमा अझै परिवर्तन आवश्यक रहेकोमा मन्त्री थापाले जोड दिनुभयो । सरकारले संविधानको मर्मबमोजिम झण्डै १६४ कानूनलाई संशोधन गरेको उहाँले जानकारी दिनुभयो ।

अखिल नेपाल महिला सङ्घकी अध्यक्ष गोमा देवकोटाले महिला आर्थिक र सामाजिक क्षेत्रमा माथि नउठेसम्म समाज परिवर्तन सम्भव नरहेको बताउँदै आर्थिक सवलीकरणमा महिला लाग्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिनुभयो ।

हाल विकास केन्द्रमा जम्मा ३४ हजार सदस्य आवद्ध रहेको र ३२ वटा जिल्लामा सेवा प्रदान गर्दै आएको संस्थाकी अध्यक्ष तुलसी थापाले जानकारी दिनुभयो । संस्थाले महिलालाई माथि उठाउन विभिन्न आयमूलक तालीम प्रदान गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter