सर्वोच्च अदालतमा शिशु स्याहार केन्द्र

काठमाडौँ, चैत १० गते । सर्वोच्च अदालतले न्यायपालिकामा कार्यरत महिला कर्मचारीहरुको समस्यालाई ध्यानमा राखेर ‘दिवा शिशु स्याहार केन्द्र’ स्थापना गरेको छ ।

सर्वोच्च अदालत परिसरमा स्थापना गरिएको सो केन्द्रको आज सर्वोच्च अदालतका मुख्य रजिस्टार नृपध्वज निरौलाले उद्घाटन गर्दै विशेषगरी महिला कर्मचारीहरु सुत्केरी बिदा सकिएपछि शिशुलाई कसरी हुर्काउने भन्ने समस्याबाट चिन्तित हुने र शिशु घरमै भएपछि काममा समेत प्रभावकारीता नहुने भएकाले यसको न्यूनीकरणका लागि सो केन्द्रको स्थापना गरिएको बताउनुभयो ।

विद्यालय जानुअघि कर्मचारीका छोराछोरीलाई शारीरिक, बौद्धिक र मानसिक विकास गराई समयानुकूल वातावरणमा प्रवेश गराउनु नै केन्द्रको मुख्य उद्देश्य रहेको शिशु स्याहार केन्द्रको स्थापना गर्न खटिनुभएकी शाखा अधिकृत सम्झना सिंखडाले जानकारी दिनुभयो ।

शिशु स्याहार केन्द्रमा बालबालिकालाई आवश्यक पर्ने पौष्टिक आहारको व्यवस्था मिलाइएको छ । शुरुमा दुई जना आमा (कर्मचारीको) व्यवस्था गरिएको छ भने आवश्यक सहयोगका लागि सर्वोच्च प्रशासनलाई जिम्मा दिइएको छ ।

सो केन्द्रमा ६ महीनादेखि ३ वर्षसम्मका बालबालिकालाई राखिने भएको छ । स्याहार केन्द्रमा रहने बालबालिकाको भर्ना आजैदेखि शुरु भइसकेको जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter