स्वरोजगार कोषमार्फत ४५२ लाभान्वित

दमौली, चैत १७ गते । युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिमार्फत जिल्लाका चार सय ५२ जना लाभान्वित भएका छन् ।

कोषमार्फत जिल्लाका विभिन्न ठाउँका २२७ महिला र २२५ पुरुष लाभान्वित भएका हुन् । कोषले आर्थिक वर्ष २०७२÷७३ देखि चालू आर्थिक वर्षको फागुनसम्म विभिन्न सहकारीमार्फत रु छ करोड ५० लाख लगानी गरेको समितिका सदस्य सचिव वसन्त दरैले जानकारी दिनुभयो ।

कोषमार्फत रकम लिएकाले गाईपालन, व्यापार, कुखुरापालन, तरकारी खेतीमा लगानी गरेका छन् । लगानी गरेको रकमको सदुपयोग भए÷नभएको बारेमा कोषले अनुगमनसमेत गरिरहेको दरैले जानकारी दिनुभयो ।

कोषमार्फत बढीमा रु दुई लाख र घटीमा रु ५० हजार लगानी गर्ने गरिएको छ । कोषबाट लगानी भएको रकम सदुपयोग भए÷नभएको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरिएको छ ।

जिल्लाका १५ सहकारीले स्वरोजगार कोषको रकम लगानी गरेका छन् । आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल दूग्ध उत्पादक सहकारी संस्थाले ३६ जनालाई रु ६० लाख, भानु नगरपालिका–६ स्थित भानु सामुदायिक विकास सहकारी संस्थाले ४९ जनालाई रु ५५ लाख, व्यास नगरपालिका–३ स्थित नवीन उपभोक्ता सहकारी संस्थाले ३८ जनालाई रु ५५ लाख, आँबुखैरेनी गाउँपालिका–२ स्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्थाले ४० जनालाई रु ४५ लाख लगानी गरेको छ ।

बन्दीपुर गाउँपालिका–६ स्थित मस्र्याङ्दी आमा बचत तथा ऋण सहकारी संस्थाले २९ जनालाई रु ५० लाख, भानु नगरपालिका–१ स्थित परिवर्तनशील बचत तथा ऋण सहकारी संस्थाले ४४ जनालाई रु ५० लाख, म्याग्दे गाउँपालिका–४ स्थित म्याग्दे दूग्ध उत्पादक सहकारी संस्थाले ३३ जनालाई रु ५० लाख, घिरिङ गाउँपालिका–१ कालीगण्डकी कृषि सहकारी संस्थाले ३१ जनालाई रु ४० लाख लगानी गरेको छ ।

त्यसैगरी बन्दीपुर गाउँपालिका–३ स्थित सुकौरा कृषि सहकारी संस्थाले २९ जनालाई रु ४० लाख, व्यास नगरपालिका–४ स्थित सहारा कृषि सहकारी संस्थाले ३५ जनालाई रु ५० लाख, भानु नगरपालिका–५ स्थित समता कृषि सहकारी संस्थाले २६ जनालाई रु ४५ लाख, बन्दीपुर गाउँपालिका–१ स्थित सत्यसाई बचत तथा ऋण सहकारी संस्थाले २२ जनालाई रु ३५ लाख, व्यास नगरपालिका–१ स्थित छाब्दीवाराही बचत तथा ऋण सहकारी संस्थाले १३ जनालाई रु २५ लाख, भिमाद नगरपालिका–३ स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाले ११ जनालाई रु २० लाख र शुक्लागण्डकी नगरपालिका–११ स्थित थामडाँडा बचत तथा ऋण सहकारी संस्थाले १६ जनालाई रु ३० लाख लगानी गरेको समितिले जनाएको छ ।

कोषले सहकारीलाई ५ प्रतिशत ब्याजदरमा रकम उपलब्ध गराउने र सहकारीले सम्बन्धित व्यक्तिहरुलाई १० प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने गरेको छ ।

रकम लिने व्यक्तिले नियमित भुक्तानी गरे तिरेको ब्याजको ६० प्रतिशत ब्याज फिर्ता हुने प्रावधान छ । बेरोजगार युवाहरुलाई व्यवसायीकरण गरी आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ सरकारले देशभर कोषमार्फत रकम लगानी गरिरहेको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter