जीवन र धर्तीलाई अुनकूल हुने गरी एकीकृत वस्ती विकास गर्न राष्ट्रपतिको आग्रह

काठमाडौँ, चैत २६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जीवन र धर्तीलाई अुनकूल हुने गरी एकीकृत वातावरणमैत्री बस्ती विकास योजना बनाई प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

‘कोप २४’ मा नेपालको सहभागिता र उपलब्धिबारे आज वन तथा वातावरण मन्त्रालयले राष्ट्रपति भवन, शीतल निवामा आयोजना गरेको समीक्षा कार्यक्रममा उहाँले जलवायु अनुकूलनका लागि व्यापक दायरामा राखेर हेरी जीवन र न्यायसँग जोडिएका सबै पक्षलाई समेट्न जरुरी रहेको बताउनुभएको हो ।

“पहिला जीवनलाई टेवा दिऔँ । त्यसपछि विकासको कुरा हुन्छ । विकासले जीवनलाई सहज बनाउने हो ।” वातावरणीय अनुकूलनका लागि सरकार र सरोकारवालाहरुलाई सुझाव दिँदै उहाँले भन्नुभयो, “स्वास्थ्य र जीवन मूल्यका लागि हानिकारक छ भने विकासका ढाँचाहरुबारे विचार गर्नुपर्छ ।” राष्ट्रपतिले वातावरणविज्ञ र वैज्ञानिकहरूले गरेको अनुसन्धानको निस्कर्षको उल्लेख गर्दै बढ्दो तापक्रमका कारण धर्ती हाम्रो जीवनको प्रतिकूल बन्दैछ भन्ने त्रास बढिरहेको समेत बताउनुभयो ।

वातावरणीय सन्तुलन र विकासका काममा निरन्तर संवाद गरी सही निष्कर्षमा पुगी काम गर्नमा जोड दिँदै उहाँले विश्वका शक्तिशाली मुलुकका नेताहरुँग आफूले चासो व्यक्त गर्ने गरेको उल्लेख गर्दै भन्नुभयो, “भावी सन्तति र जनस्वास्थ्यको चिन्ताविना मानिसहरु आफ्नो दुनो सोझ्याउन लागिपरेका छन्, मानिस नाफामुखी भएका छन् । हामी हाम्रो भावी पुस्तालाई कस्तो धर्ती उपहार दिँदैछौँ भन्ने कुरा सोचेर विकास आयोजना तय गर्नुपर्छ । विकासलाई समष्टिगतरुपमा हेर्नुपर्छ । अर्कालाई मारेर दिगो विकास सम्भव छैन । जस्तो धर्ती छ त्यस्तै खाले विकास गर्नुपर्छ ।”

राष्ट्रपति भण्डारीले वातावरणमैत्री विकासका लागि सरकारले जनचेतना जागृत गराउनुपर्नेमा जोड दिदै हिमाल र नदी प्रणालीलाई आजैदेखि जोगाउन आग्रह गर्दै सार्वजनिक जग्गा र नदीहरुलाई अतिक्रमणबाट जोगाउन सुझाव दिनुभयो ।

छलफलमा सहभागी वनमन्त्री शक्तिबहादुर बस्नेतले ‘कोप २४’ मा नेपालले यस क्षेत्रबारे आफ्नो अवस्था र सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रुपमा राखिएको उल्लेख गर्दै वातावरणीय प्रणालीलाई सन्तुलनमा राख्न हिमाल र समुद्रलाई जोड्ने नदी प्रणालीको योगदानलाई दरोसंग स्थापित गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री बस्नेतले प्रकृति र जनजीवनमाथि परेका प्रभावलाई एकीकृत गर्न हरित अर्थतन्त्र र हिमाली अर्थतन्त्रमाथि बहस चलाउन जोड दिँदै एकापसमा जोडिने विषय (क्रस कटिङ) निकायको निर्माणबारे पनि सोच्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले सो सम्मेलनले नेपालले जलवायुप्रतिको राजनीतिक प्रतिबद्धता र त्यसमा नेपालको गम्भीरता स्पष्ट पारेको जनाउँदै सरकारले राष्ट्रिय, प्रादेशिक र स्थानीय अनुकूलन योजना तर्जुमा गर्ने तयारी भएको बताउनुभयो । सहसचिव महेश्वर ढकालले काटोविचेमा सम्पन्न कोप २४ मा सहभागी भएपछि ती एजेण्डाहरुको घरेलुकरण गर्न चालिएका कदम र कार्यक्रमबारे प्रस्तति दिनुभएको थियो ।

गत अक्टोबर २ देखि १४ डिसेम्बर, २०१८ मा पोल्याण्डको काटोविचेमा ‘कोप २४’ सम्मेलन भएको थियो । सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति भण्डारीले गर्नुभएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter