उच्च अदालतका न्यायाधीश नियुक्ति सदर

काठमाडौँ, चैत २९ गते । सर्वोच्च अदालतले उच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीबाट भएको ८० न्यायाधीशको नियुक्ति सदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले आज उच्च अदालतमा दुई वर्ष अगाडि भएको नियुक्ति कानूनसम्मत भएको उल्लेख गर्दै नियुक्ति सदर गरेको सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानन्यायाधीश कार्कीको अध्यक्षतामा २०७३ पुस २८ गते बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका लागि ८० न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । ती न्यायाधीशले पद तथा गोपनीयताको शपथसमेत लिएर उच्च अदालतको न्यायाधीशका रुपमा काम गरिरहनुभएको छ ।

अधिवक्ता तोयानाथ ढुङ्गानाले सरकारी वकिलका तर्फबाट नायब महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेलले २०७३ चैत १५ मा उच्च अदालतका न्यायाधीश नियुक्ति कानूनविपरीत भएको उल्लेख गर्दै रिट निवेदन दिनुभएको थियो । अदालतको नियुक्ति कानूनसम्मत भएको उल्लेख गर्दै न्यायाधीश नियुक्ति बदर गर्न दायर गरिएको रिट निवेदनसमेत खारेज भएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter