स्कूलमा प्रचीन मुद्रा प्रदर्शन

साँखु, चैत २९ गते । काठमाडौँ कपन चुनिखेलका दुई युवाले सङ्कलन गरेका नेपाली तथा विदेशका प्राचीन मुद्रा विभिन्न स्कूलमा प्रदर्शनी गर्न शुरु गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका युवा सरोज श्रेष्ठ र दिनेश श्रेष्ठले सङ्कलन गरेका नेपाली पुराना मुद्रा र विदेशी मुद्राको प्रदर्शनी शुरु गरेका हुन् ।

प्राचीन वस्तुलाई जीवन्त बनाऔँ ९लेट अस मेक एन्टिक अलाइभ० भन्ने नाराका साथ स्थानीय युवाले मुद्रा चिनाउने कार्यमा सहयोग गरिरहेका छन् । करीब ५० देशका ९० भन्दा बढी मुद्राको प्रदर्शनी चुनिखेल नौलिन माध्यमिक विद्यालयबाट शुरु गरिएको छ । अभियन्ता युवाले पुराना नेपाली तथा विभिन्न देशका मुद्रा ठूलो फ्रेममा राखी प्रदर्शनी अभियान शुरु गरेका छन् । उहाँहरुले बूढानीलकण्ठका विभिन्न विद्यालयमा प्रदर्शनी गरिसकेका छन् ।

त्यसैको निरन्तरता स्वरूप आज बिहान बूढानीलकण्ठ–१३ स्थित पिक पोइन्ट एकेडेमी नेटवर्कबाट सञ्चालित नवपुर चिल्ड्रेन होम स्कूलमा प्रदर्शनी गरेका थिए । अभियन्ता सरोजले आफ्नो मामा डा ईश्वर नगरकोटीबाट प्रेरित भएर सङ्कलन गरेका मुद्रा प्रदर्शनीमा राख्ने गरेको बताउनुभयो ।

नेपालमा पहिलोपटक प्रचलनमा आएको कागजी मुद्रादेखि हालसम्मको कागजी नोटसम्म प्रदर्शनीमा राखिएको थियो । त्यसैगरी भारत, पाकिस्तान, केन्या र सियरालियोनलगायतका कागजी मुद्रासमेत रहेका छन् । सो प्रदर्शनीमा विद्यार्थी र अभिभावकले सो मुद्राको अवलोकन गर्नुका साथै विभिन्न देशका मुद्राको विषयमा अभियन्ताबाट जानकारी प्राप्त गरेका थिए ।

प्रदर्शनीमा स्कूलका विद्यार्थीलाई सरोजले कागजी मुद्राको इतिहास, मुद्राको विकास र मुद्राको स्वरूपका बारेमा जानकारी गराएका थिए । विसं २००२ सालबाट प्रचलनमा आएका नेपाली रुपैयाँदेखि हालसम्म प्रचलनमा रहेका नेपाली तथा विदेशी रुपैयाँलाई विद्यालयमा नै देख्न पाउँदा विद्यार्थी र साथमा आएका अभिभावक उत्साहित बनेका थिए ।

प्रदर्शनीमा पुराना नेपाली तथा विदेशी नोट नयाँ पुस्तालाई देखाउन र त्यस्ता पुराना पैसाको संरक्षण गर्नपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनी अवलोकन गर्न पाएकोमा अभिभावकले खुशी व्यक्त गर्दै कामको प्रशंसासमेत गरेका थिए । प्रचलनमा रहेको नोट देखे पनि नेपालका पुराना र विदेशी नोट नदेखेका विद्यार्थीको लागि सो प्रदर्शनीले नोटका बारेमा ज्ञान दिएको नवपुर चिल्ड्रेन होमका प्रिन्सिपल ईश्वर केसीले बताउनुभयो ।

विद्यार्थीलाई नेपाली र विदेशी नोटका बारेमा जानकारी गराउने, नोटको हिफाजत गर्न र सङ्कलन गर्न प्रेरित गर्दै, इतिहासका बारेमा जानकारी दिने, कला–संस्कृति चिनाउने उद्देश्यसहित उक्त प्रदर्शनी गरिएको अभियन्ता सरोजले बताउनुभयो । सङ्ग्रह गरेका महत्वपूर्ण मुद्रा अन्य विद्यायलयमा पनि प्रदर्शन गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

नेपाली र विदेशी मुद्रा प्रदर्शनीबाट सङ्कलन भएको रकम आर्थिक अवस्था र शैक्षिक गुणस्तर कमजोर भएका सरकारी विद्यालय तथा सामाजिक कार्यमा खर्च गर्ने अभियन्ताद्वयले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter