जनतालाई सेवा दिन दत्तचित्त हुनुुहोस्ः राष्ट्रपति

राँझा, वैशाख ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँके र बर्दियाको विकासनिर्माणबारे चासो लिनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्न नेपालगञ्ज आउनुभएका राष्ट्रपति भण्डारीले आज ती जिल्लाका जनप्रतिनिधिसँग विकासनिर्माणबारे छलफल गर्नुभएको राष्ट्रपतिका प्रमुख सल्लाहकार भेषराज अधिकारीले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले जनप्रतिनिधिलाई जनताको काम सहज रुपमा गर्न आग्रह गर्नुभएको थियो । “नयाँ अनुभव भएकाले काम गर्नमा केही अलमल हुन सक्छ तर जनतालाई सहजरुपमा सेवा दिने कुरामा दत्तचित्त भएर लाग्नुहोस्”, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै अधिकारीले भन्नुभयो ।

सो अवसरमा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश नं ५ का सङ्घीय सांसद, प्रदेशसभा सदस्य, बाँके र बर्दियाका जिल्ला समन्वय समितिका प्रमुख– उपप्रमुख तथा स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो ।

आज अपराह्न् २ बजे नेपालगञ्ज आउनुभएका राष्ट्रपति भण्डारीले आज साँझ ६ बजे नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको उद्घाटन गर्दै हुनुहुन्छ । प्रतियोगिताको उद्घाटनपछि राष्ट्रपति भण्डारी आज नेपालगञ्जमै रहने बताइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter