गण्डकी प्रदेश समृद्ध बन्छ – मुख्यमन्त्री गुरुङ

चिप्लेढुङ्गा, वैशाख ३० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही बाधा र अड्चन देखिए पनि त्यसलाई छिचोलेर गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने बताउनुभएको छ । पोखरामा आज आयोजना गरिएको एजेण्डाः समृद्धि सपना, प्रादेशिक विकास बहस कार्यक्रममा मुख्यमन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।

सङ्घीयताले दिएकोे अधिकारसमेत प्रदेशलाई दिन नखोज्ने रवैयाप्रति आपत्ति जनाउँदै उहाँले भन्नुभयो, “प्रदेशको स्रोत साधनको उपभोग र सदुपयोग गर्ने अधिकार प्रदेशले पाउनुपर्छ ।”

उहाँले भन्नुभयो, “हामी काम गर्न खोजिरहेका छौँ, विभिन्न चुनौती देखिएका छन् । देखिएकोभन्दा नदेखिएका धेरै समस्याले अल्झाएको छ । विस्तारै अघि बढ्छाँै । ढुक्क हुनुहोस् । हाम्रो प्रदेश समृद्ध प्रदेश बन्छ ।” मुख्यमन्त्री गुरुङले प्रदेशको एक मात्र शालिग्राम उत्पादन गर्ने महत्वपूर्ण कालीगण्डकी नदीको डाइभर्सन गरेर तल्लो तटीय क्षेत्र सुक्खा बनाउन नहुनेमा जोड दिनुभयो । उहाँले विकास र समृद्धिका लागि निजी क्षेत्रलगायत सम्पूर्णको साझेदारी आवश्यक रहने बताउनुभयो ।

गण्डकी प्रदेशका लेखा नियन्त्रणक जयराम पौडेलले प्रदेशको कूल रु २४ अर्ब दुई करोड बजेटमा चालू बजेट जम्मा रु आठ अर्ब ११ करोड र पूँजीगततर्फ रु १५ अर्ब ९१ करोड रहेको जानकारी दिनुभयो ।

त्यसमध्ये चालू बजेटतर्फ रु दुई अर्ब ४५ करोड (३० प्रतिशत) र पूँजीगततर्फ रु दुई अर्ब ३४ करोड (१५ प्रतिशत) खर्च भएको भएको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७५÷७६ देखि वैशाख २५ गतेसम्म कूल रु चार अर्ब ७९ करोड (२० प्रतिशत) मात्रै बजेट खर्च भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले लगानीका क्षेत्रमा देखिएका चुनौती नहटेसम्म समृद्धि कल्पना गर्न नसकिने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले सङ्घीयताको भावनाअनुरुप सङ्घ, प्रदेश र स्थानीय सरकारबीचको समन्वय अभावले विकासका कार्ययोजना प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter