प्रधानमन्त्री कृषि कार्यक्रम प्रभावकारी

रुपन्देही, असार १७ गते । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रधानमन्त्री कृषि कार्यक्रम प्रभावकारी भएको बताउनुभएको छ । रिपोर्टस क्लब प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कार कायक्रममा उहाँले सो कार्यक्रम शुरु भएपछि कृषि उत्पादकत्वमा समेत वृद्धि भएको बताउनुभयो ।

सरकारले कृषि उत्पादन वृद्धिका लागि आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिइएको उहाँको भनाइ थियो । सरकारले कृषिमा विनियोजन गरेको रु २८ अर्ब बजेटमध्ये रु नौ अर्ब मलका लागि छुट्टयाइएको बताउनुभयो । मन्त्री खनालले पूँजीगत बजेट रु दुई अर्ब रहेको जानकारी दिनुभयो ।

सडक मर्मत

गलकोटः बागलुङको ताराखोला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बनेको छ । गाउँपालिकाले एकसाथ रोजगारी दिएका ९५ कामदारले गाउँपालिकाको पाँच वडामा सडक मर्मत गरेका छन् ।

सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको पारिश्रमिकमा आधारित अल्पकालीन रोजगार कार्यक्रममार्फत उनीहरुले गाउँपालिकाको झण्डै पाँच किलोमिटर सडक मर्मत गरेको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताउनुभयो । आठ वटा श्रमिक समूह बनाएर सडकका खाल्डाखुल्टी पुर्ने, साँघुरो सडकलाई चौडा पार्ने, ढुङ्गा सोलिङ गर्ने, भल तर्काउनेलगायत काम गरिएको गाउँपालिकाका रोजगार संयोजक सलोनी थापाले जानकारी दिनुभयो ।

सडक मर्मतपछि सवारीसाधन सञ्चालन गर्न सहज भएको छ । सरकारले स्थानीय तहमा रोजगार संयोजक खटाएर बेरोजगारको तथ्याङ्क सङ्कलन गरी रोजगारी दिन थालेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार प्रदान गर्न गाउँपालिकामा रु २१ लाख बजेटले विनियोजन गरिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter