नेपाल–चीन सम्बन्ध अझ सुदृढ तुल्याउन प्रतिबद्ध

काठमाडौँ, असार १८ गते नेपाल र चीनका उच्च अधिकारीले दुई देशबीचको पारस्परिक सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चीन भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका समकक्षी वाङ यीबीच आज वेइजिङस्थित ग्रेटहल अभ् द पिपलमा भएको द्विपक्षीय भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो ।

नेपाल र चीनको हितमा आधारित विद्यमान साझेदारीयुक्त सम्बन्धलाई उच्चस्तरीय भ्रमण आदानप्रदानका माध्यमबाट पारस्परिक लाभका खतिर थप प्रगाढ तुल्याउन दुवै राष्ट्रका परराष्ट्रमन्त्री सहमत हुनुभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाल र चीनका अधिकारीबीच आपसीहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । आजै मन्त्री ज्ञवालीले बेइजिङमा रहेका नेपाली विद्वत्वर्ग, प्राज्ञ तथा व्यावसायिक व्यक्तित्वहरूसँग उक्त दूतावासमा विदेशमा रहेका नेपालीको सीप र ज्ञान मातृभूमिको विकासका निम्ति उपयोग गर्ने तथा उनीहरूलाई त्यसमा आबद्ध गराउने सरकारको नीतिबारे जानकारी गराउनुभयो ।

उहाँले परराष्ट्र मन्त्रालयमा बौद्धिक ज्ञान केन्द्र स्थापना गरिएको जानकारी दिँदै राष्ट्र निर्माणको महान् अभियानमा सहभागी हुन चीनमा रहेका नेपालीलाई आग्रह पनि गर्नुभयो ।

आजै साँझ मन्त्री ज्ञवाली आफ्नो सम्मानमा नेपाली दूतावासले आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । समारोहमा चीन सरकारका उच्च अधिरी, विद्वत्वर्ग र नेपाली नागरिकको उपस्थिति थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter