एचआइभी संक्रमतिलाई गाउँपालिकाले दियो पोषण भत्ता

शिवराज ढुङ्गाना /अछाम, असार २४ गते । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा रहेका एचआईभी संक्रमितलाई पोषण भत्ता वितरण गरिएको छ । गाउँपालिकामा रहेका ६ वटै वडाका ३४ जना संक्रमितलाई पोषण भत्ता दिइएको हो ।

एचआईभी संक्रमितमा पोषणको अवस्था कमजोर हुनेभएकोले पोषणमा कमी हुन नदिन प्रतिव्यक्ति तीनहजार दुईसय ३५ का दरले पोषण भत्ता वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले पहिलो पटक पोषण अभावमा रहेका एचआइभी संक्रमितलाई एकमुष्ट रकम प्रदान गरिएको हो ।

पोषण भत्ता वितरण पछि एचआइभी संक्रमित अगुवा गंगा थापाले गाउँपालिकाले पोषण भत्ताले आफूहरूलाई उत्साहित बनाएको बताउनुभएको छ । थापाले संक्रमति भएर रोग र अपमानबाट बाँचिरहेका व्यक्तिलाई सानै भए पनि गाउँपालिकाले राहत दिएको प्रतिक्रिया दिनुभयो । जनस्वास्थ्य अधिकृत चक्रबहादुर बिष्टले संक्रमितहरूले सम्मानपूर्वक बाच्न पाउने हक र सामाजिक सुरक्षाको हकको सुनिश्चितताका भएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर खड्काले एचआइभी संक्रमित लगायत पछाडि परेकाको जीवनस्तर उकास्ने विषयमा गाउँपालिका सजग रहेको भनाइ राख्नुभयो । राहत वितरण गर्दै अध्यक्ष खड्काले एचआइभी संक्रमितलाई गाउँपालिकाबाट सम्मानित भएर बाँच्नेगरी नीति बनाउने समेत बताउनुभयो ।

अछाम जिल्लामा जेठ मसान्तसम्म १४ सय ११ एचआइभी संक्रमितको संख्या रहेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ । जसमा सातसय नौ महिला र छसय ३४ पुरुष रहेका छन् । जसमा नियमित उपचार गराउने ६१६ जना मात्र छन् । नियमित उपचार, पोषण नपुगेका कारण संक्रमितहरू कमजोर बन्ने क्रम बढीरहेको जिल्ला अस्पाताल अछामका डाक्टर अतुल भारद्वाजको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter