आठ घण्टापछि यतिको विमान हटाइयो, विमास्थल खुल्ला

काठमाडौं, असार २७ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर क्षतिग्रस्त यति एयरलाइन्सको विमान हाटाइएको छ ।

नेपालगञ्जबाट यात्रु लिएर आएको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको थियो । त्यसपछि विहान ११ बजेर ५ मिनेटदेखि अन्तरिक तथा बाह्य उडान तथा अवतरण अवरुद्ध हुँदै आएको छ ।

करीब आठ घण्टपछि विमानस्थल साँझ ७.०० बजे पछि खुल्ला गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवत्ता प्रतावबाबु तिवारीले बताउनुभयो । बिहान ६ बजेदेखि राति साढे २ बजेसम्म सञ्चालन हुने काठमाडौं विमानस्थल शुक्रबार रातभर सञ्चालन हुने भनिएको छ।

यो विमान झिक्न विमानस्थलसहित नेपाली सेना, प्रहरी, बुद्ध एयर, नेपाल वायुसेवा निगम र यतिकै इन्जिनियरिङ लगायतका प्राविधिकहरु लागेका थिए । घाँसेमैदानबाट तान्दै गर्दा दुइपटक डोरी चुडिएको थियो।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter