नियन्त्रित निकास गरियो, खतरा कायमै, प्राविधिक टोली तयारी अबस्थामा

राममणि दाहाल/मकवानपुर, असार ३० गते । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी सङ्कलन हुने स्थानीय खोलाहरूमा पानीको बहाव बढेर जलाशयको सहत बढेसँगै पानी घटाउन आयोजनालाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ ।

पूर्ण क्षमतामा सञ्चालनमा आउँदा पहिलोबाट ६० र दोस्रोबाट ३२ गरी ९२ मेगावाट विद्युत उत्पादन हुने गरेको छ । जलाशयमा सोमबार साँझसम्ममा १५ सय २६ दशमलव ४७ मिटरसम्म पानीको सतह पुगेको छ ।

जलाशयमा पानीको सतह बढ्न थालेपछि पानीको सहत घटाउनका लागि पानीको उपयोगसँगै जलाशयको ढोका खोल्नुको विकल्पमा आयोजनालाई पूर्ण क्षमतामा चलाइएको कुलेखानी प्रथम आयोजनाका आयोजना प्रमुख रामकुमार यादवले जानकारी दिनुभयो ।

प्राविधिकरणका प्रतिनिधि लागतयका टोली तयारी अवस्था रहेको भन्दै उहाँले भन्नुभयो, जलाशयको सतह जोखिम हुने गरी बढ्दै गएमा जुनसुकै सयममा ड्यामको ढोका खोल्न सकिन्छ ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जलाशय क्षेत्रको मौसममा सुधार आएको र नियन्त्रित निकासको काम भईरहेको बताउँदै जलाशयको सतहको अवस्था अनुसार सतर्कता अपनाइएको बताउनुभयो ।

मकवानपुरको ईन्द्रसरोवार गाउँपालिकास्थित जलाशयको वरपरको क्षेत्रमा गएरातिबाट अधिक वर्षा भएर पानी सङ्कलन एकाएक तीब्र भएपछि नेपाल विद्युत प्राधिकरणले सतर्कता अपनाएको हो ।

जलाशय भरिने क्रमबढेपछि जलाशयमा भरिएको पानीको नियन्त्रित निकास गर्न जलाशयको पानी प्रयोग गरी कुलेखानी जलविद्युत आयोजनाको पहिलो र दोश्रोको सबै युनिट पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको हो ।

आइतबारसम्म विद्युत अधिक माग भएको अवस्थामा कुलेखानी जलविद्युत आयोजना केन्द्रीय प्रसारणमा भार व्यवस्थापनका लागि सञ्चालनमा ल्याइएको थियो ।

उहाँले भन्नुभयो, पानीको बहाव घट्दै गएर नियन्त्रणमा आउने अवस्था आएमा जलाशयको ढोका नखोल्नपनि सकिन्छ ।

जलाशयमा वरपरको क्षेत्रमा पानी अधिक परेपछि अहिले प्रतिघण्टा ६० सेन्टिमिटरको दरले जलाशयमा पानी भरिनेक्रम छ । जलाशयमा पानीको सतह बढेसँगै जुनसुकै समय पनि निकास दिनसक्ने गरी तयारी गरिएको छ । जलाशयको सतह बढेपछि प्राधिकरणका प्राविधिकसहितको टोलीले जलाशय र ड्याम्प क्षेत्रको निरीक्षण अवलोकन गरेका छन् ।

समुन्द्री सतहबाट १५ सय २७ मिटरको उचाईसम्म पानी सङ्कलन भएपछिमात्र जलाशयको ढोका खोलेर सुरक्षितरुपमा निकास दिने तयारी गरिएको छ । कुलेखानी आयोजनाको जलाशय ईन्द्रसरोवरको समुन्द्री सतहबाट १५ सय ३० मिटरको उचाईसम्म पानी सङ्कलन हुने क्षमता रहेको छ ।

पजलाशय यसअघि २०७१ र २०७२ मा भरिएको थियो । विगतमा जलाशयको अहिलेको सतहसम्म पानी भरिन भदौ असोजसम्म लाग्दै आएको थियो ।

यसैबीच जलाशय भरिँदै गएपछि आयोजनाको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

आयोजनाको तल्लो तटीय क्षेत्र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासहित सिन्धुली, सर्लाही र रौतहट जिल्लाका वागमती खोला वरपरका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter