बाढी प्रभावितको विजोग, खानेपानीको समस्या, उपप्रधानमन्त्रीद्वारा निरीक्षण

माला कर्ण / सप्तरी, साउन १ गते । अविरल वर्षाका कारण आएको बाढीले ट्युवेल र खानेपानीको मुहानमा भाँसिदा बाढीपीडितहरु दुषित पानी पिउन बाध्य छन् जसले गर्दा विभिन्न रोगको संक्रमण हुने सम्भावना बढेको छ ।

जिल्लाको तिलाठी, रम्पुरा मल्हनियाँ, सकरपुरा, गोवरगाढालगायतका गाउँका बासिन्दा यस्तो दुषित पानी खान बाध्य भएका हुन् ।

बाढीका कारण गाउँमा शुद्ध खानेपानीको अभावका सप्तरीको तिलाठी गाउँमा मात्रै सयौं परिवारका वालवालिका रोगले ग्रसित हुने सम्भावना रहेको स्थानीयले बताएका छन् ।

बाढीको पानी गाउँभरी फैलिएकाले आफूहरुलाई हरेक तवरले पीडा खेप्नु परिरहेको छ’ स्थानीय हरेराम मण्डलले भन्नुभयोे– ‘बाढीको पानीले गाउँभरी डुबान छ ।’ उहाँले थप्नुभयाे ‘शुद्ध खानेपानी त के पाउनु, खानेपानीको ट्युवेल समेत पानीले डुबेको छ ।’

यस्तै, रम्पुरा मलहनियाका सत्यनारायण यादव गाउँमा बाढीको पानी पसेर भएका ट्युववेलहरु डुबानमा परेकाले खानेपानीको समेत अभाव भएको बताउनुभयो । उहाँले गाउँमा वातावरण प्रदुषित भएकाले विरामी पर्न थालेको बताउनुभयाे ।

यता वर्षा जारी रहँदा नदी र खोलामा पानीको बहाव घटे पनि खतरा कायमै रहेको छ । जिल्लाको महलुी, जीता, त्रियुगा, अमहा, सप्तकोशी, खाँडो बलान लगायत नदी र खोलामा पानीको बहाव घटेको भए पनि वर्षा जारी हुँदा स्थानीय त्रसित बनेका छन् ।

बाढीले सर्वाधिक प्रभावित बनाएको गोबरगाढा गाउँमा पीडितको विचल्ली छ । सप्तरीको श्रीलंका टप्पु नामले चिनिने गोवरगाढाका झण्डै दुईसय परिवार कोशीले घेरिएका छन् । कतिखेर कोशीको ‘प्रलय’ बस्ती भित्र छिर्ने हो भन्ने त्रासले आफुहरुको निन्द्रा हरेको गाउँलेहरुले बताएका छन् ।

जिल्लाको ‘अति बिकट’ गाउँका रुपमा चिचिने गाउँलाई अहिले चारैतिरबाट कोशीले घेरेका कारण आवतजावतमा समस्या भएको छ । गाउँबाट बाहिर जतासुकै जान पनि कम्तीमा आधा दर्जन भंगालो र खोला तर्नुपर्ने भएकाले हामी थुनिएका छौं’– स्थानीयबासी मुसहरु सदाले भन्नुभयोे, ‘आवश्यकता परेको बेला डुंगा पनि पाइदैन ।’

बाढीले चारैतिरबाट घेरिउका कारण दुध बेचेर गुजारा गर्दै आएका अधिकांश गोवरगाढाबासी बाहिरको हाट बजारसम्म जान पाएका छैनन्।

बाढीको पानी पस्दा जिल्लाको एक दर्जन गाउँको हजारौं विघा खेतमा लगाईएको धानबाली समेत पुरिएको छ ।

बाढी पस्दा खेतमा लगाएको धान मकै बाली समेत डुबेको तीलाठीका कृषकहरुले बताएका छन् । गाउँ सडक डुबानमा पर्दा सदरमुकाम जान लामो वैकल्पिक बाटोको रुपमा रहेको लामो रुट हनुमाननगरको बाटो प्रयोग गर्नु परेको तीलाठीका सन्तोष कर्णले बताउनुभयो ।

बाढी प्रभावित क्षेत्रमा उपप्रधानमन्त्रीद्वारा निरीक्षण

वर्षा र बाढीपछि डुबानमा परेका सप्तरीसहित प्रदेश २ का जिल्ला अझै डुबानमा छन् । डुबानबाट सबैभन्दा बढी प्रभावित सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका तथा हनुमाननगर कंकालिनी नगरपालिका र राजविराज क्षेत्रको निरीक्षण गरिएको हो ।

डुबानपीडितको पुनःस्थापना र राहतमा सरकारले चासो नदिएको आरोप लागिरहेका बेला बुधबार र नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल , संघीय सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा ‘वादल’, ऊर्जा तथा सिंचाइ मन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठसहित चार मन्त्री लगायतका टोलीले बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकाको निरीक्षण गर्नुभयो ।

निरिक्षणको क्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्ला वस्तुगत स्थितिको बारेमा जानकारी गराउनुभएको थियो ।

टोलीले तिलाठी गाउँका केही क्षेत्र स्थलगत निरिक्षण पनि गरेको थियो । निरीक्षणको क्रममा मन्त्रीहरुले राहत तथा उद्दारमा संघीय सरकार पछि नपर्ने आश्वासन दिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter