यसरी पहिलो पटक पाइपलाइनबाट डिजेल अमलेखगञ्ज आइपुग्यो

शिवशंङ्कर मिश्र/ कलैया, साउन ३ गते । भारतको पटनाबाट पाईपलाईन परीक्षणका लागि पठाईएको इन्धन शुक्रवार बिहान अमलेखगञ्ज आई पुगेको छ ।

पटना–मोतिहारी–अमलेखगंज पेट्रोलियम पाइपलाइनको परिक्षणका लागि इंडियन आयल काँर्पोरेशन लिमिटेड (आईओसी) ले बिहिवार बिहान १० बजे पटना डिपोबाट पहिलोपटक पठाएको डिजेल शुक्रबार बिहान ६.०० बजे अमलेखगञ्ज आईपुगेको नेपाल आयल निगमको पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख प्रदीप यादवले बताउनुभयो ।

यसअघि पाइपलाइनबाट पठाएको पानी विहिवार राती २.००बजे अमलेखगञ्ज आई पुगे पछि परीक्षणको लागि एक हजार किलोलिटर लिटर डिजल पठाइएको थियो । सो डिजेल शुक्रबार १.०० बजेसम्म आइ पुगेका शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख यादवले बताउनुभयो ।

जमिन मुनि बिछ्याईएको पाईपसहितको परीक्षणकालागि इंडियन आयल निगमले डिजेल पठाउनु अघि पानी पठाएर पाइपको फोहर सफा गरेको नेपाल आयल निगमका सूचना अधिकारी वीरेन्द्र गोईतले बताउनुभयो ।

पटनाबाट डिजेल अमलेखगञ्ज डिपोमा आएसँगै विधिवत पाईपलाईनको उद्घाटनको मिति तय गरिने गोईतले बताउनुभयो । १५ अगस्त अर्थात साउन ३० गतेभित्र नेपाल र भारतबीच उच्च स्तरीय नेतृत्वबाट पाइपलाइन उदघाट्न गर्ने योजना रहेको निगमले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो भारत भ्रमणका बेला दुबै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा स्वीच थिचेर पाईपलाईन निर्माण कार्यको शिलान्यास गर्नुभएको थियो ।

पटनादेखि मोतीहारी १९८ किलोमिटर, मोतीहारीदेखी रक्सौल ३३ किलोमिटर र रक्सौलदेखि अमलेखगंज ३५ किलोमिटरगरि भारत बिहारको पटनादेखि अमलेखगञ्जसम्मको पाइपलाइन २६८ किलोमिटर दुरी रहेको पटना मोतीहारी बेतालपुर पाइपलाईन (एमएपीएल) परियोजना मुख्य निर्माण प्रबंधक राजेश सोनकरले जानकारी दिनुभयो ।

समुन्द्र सतहभन्दा अर्थात पटनादेखि अमलेखगञ्जको उचाँई ३०३ मिटर अग्लो रहेकाले एक लिटर डिजेल पठाउन ७० किलोपरसेन्टिमिटरको हावाको प्रेशर दिईएको इंडियन आयल निगमका जनरल मेनेजर तथा प्रोजेक्ट ईन्चार्ज एनके पाण्डाले बताउनुभयो ।

भारततर्फको २० जना र नेपालको १० जनागरि ३० जना इञ्जिनियर तथा प्राविधिकहरुको टिमले २४ घण्टाको अथक प्रयासमा योजनाको लक्ष्य भन्दा अधिनै कार्य सम्पन्न गरेको पाण्डाले जानकारी दिनुभयो ।

दुई मुलुकका प्रधानमन्त्रीले गरेको आपसी सम्झौतामा पनि नेपालको भंसार र जंगलको नियमका कारण समस्या खेप्नु परेको उहाँले बताउनुभयो । यसैगरि भारतमा पनि किसानको मोर्चा गठन, रक्सौलको शहर भित्रको समस्या तथा सडक र खानेपानीको बिधिबिधानको जस्ता कठिनाई भोग्नु परेको पाण्डाले जानकारी दिनुभयो ।

भारत सरकारको आर्थिक सहयोगमा बिछयाइएको मोतिहारी–अमलेखगंज पाइपलाइन सञ्चालनबाट निगमको बार्षिक दुई अर्ब रुपियाँ खर्च जोगिने योजना प्रमुख यादवले बताउनु भयो । यसबाट पर्यावरण विनाश, राजमार्गमा ट्राफिक जाम र दुर्घटना, ढुवानीका क्रममा पेट्रोलियमको शुद्धतासँगै चुहावट लगायत समस्या समाधान हुने यादवले दावी गर्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter