भूकम्पबाट क्षति भएका तेह्र हजार घर निर्माण

हेटौँडा, साउन २ गते । मकवानपुर जिल्लामा महाभूकम्पबाट क्षति भएका भवन संरचनामध्ये १३ हजार ७० वटा घरको पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माण प्राधिकरणका अनुसार मकवानपुरमा हालसम्म पहिचान भएका ३४ हजार ३०० लाभग्राहीमध्ये १३ हजार ७० वटा घर पुनःनिर्माण भइसकेको छ ।

भूकम्पपछिको पुनःनिर्माणको अवस्थाबारे पुनःनिर्माण आयोजना कार्यान्वयन एकाइद्वारा उपलब्ध तथ्याङ्कमा सो उल्लेख गरिएको छ । तथ्याङ्कमा ३४ हजार लाभग्राहीमध्ये २७ हजार ८३४ परिवारसँग पुनःनिर्माण सम्झौता भइसकेको जनाइएको छ । त्यसमध्ये २४ हजार ३६४ परिवारले घर निर्माण कार्य प्रारम्भ गरिसकेका छन् भने २७ हजार ५७९ लाभग्राहीले घर निर्माणका लागि पहिलो किस्ताबापत जनही रु ५० हजार बुझिसकेका छन् ।

भूकम्पपछिको पुनःनिर्माणका क्रममा मकवानपुरमा रु सात अर्ब ५० करोड रकम खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ हेटौँडाले जनाएको छ । एकाइका अनुसार निजी आवासतर्फ रु पाँच अर्ब पाँच करोड, शैक्षिक केन्द्र निर्माणमा रु दुई अर्ब ३८ करोड, पूर्वाधारतर्फ रु एक करोड ७१ लाख र तत्कालीन गाविस भवनमा रु ५० लाख खर्च भएको छ ।

भूकम्पले आंशिक क्षति भएका निजी आवासको प्रवलीकरण (रेक्टोफिटिङ)ले भने गति लिन नसकेको पुनःनिर्माणमा खटिएका प्राविधिकले बताएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अव्यवाहारिक नीति र कम अनुदान रकमका कारण प्रवलीकरणले गति लिन नसकेको जनाइएको छ ।

प्रवलीकरण गर्न दुई किस्तामा रु एक लाख दिने नीति प्राधिकरणको छ । रु एक लाखले मापदण्डअनुसारको प्रवलीकरण हुन नसक्ने भएकाले लाभग्राही इच्छुक नदेखिएको बुझिएको छ । मकवानपुमा प्रवलीकरणतर्फ १२ हजार ९४६ लाभग्राही छन् । तीमध्ये सात हजार २४६ जना लाभग्राहीले अनुदान सम्झौता गरेर पहिलो किस्ताबापत रु ५० हजार लिएका छन् । प्राधिकरणका इञ्जिनीयर रविन पाठकका अनुसार हालसम्म कसैले पनि दोस्रो किस्ता लगेका छैनन् ।

मकवानपुरमा पूर्ण क्षति भई अनुदान सम्झौता भएकामध्ये ८२ प्रतिशतले निजी आवास भवन बनाइरहेका छन् । अनुदान सम्झौता गरेकामध्ये हालसम्म मकवानपुरमा १३ हजार ७० जना (४५.२१ प्रतिशत) लाभग्राहीले घर निर्माण गरिसकेको कार्यान्वयन एकाइका प्रमुख सुदीप आचार्यले बताउनुभयो । उहाँका अनुसार मकवानपुरमा कूल लाभग्राही सङ्ख्या ३४ हजार ३०९ मध्ये २७ हजार ८३४ जना अर्थात् ८० प्रतिशत लाभग्राहीले अनुदान सम्झौता गरेका छन् । (रासस)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter