सवा दुई अर्बको तरकारी आयात

बाँके समाचारदाता / बाँके, साउन ५ गते । नेपालगञ्ज नाका भएर भारतबाट भित्रिने तरकारीको परिमाण अत्यधिक बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा सवा अर्ब रुपियाँको तरकारी भित्रिएकोमा आर्थिक वर्ष २०७५÷७६ मा सवा दुई अर्ब रुपियाँको तरकारी नेपालगञ्ज भित्रिएको छ ।

नेपालगञ्ज भएर भित्रिने भारतीय तरकारी प्रदेश ५ सहित सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ ।

नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा भारतबाट एक अर्ब ३८ करोड रुपियाँ मूल्यको तरकारी भित्रिएको छ । गत आवमा भारतबाट ६६ हजार ६८४ मेट्रिक टन आलु मात्रै भित्रिएको थियो ।

आव २०७४÷७५ मा ७७ करोड मूल्यको ३६ हजार ८२९ मेट्रिक टन आलु भित्रिएको थियो ।

भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आवको तुलनामा भारतबाट भित्रिएको गोलभेडा, प्याज, सालौट, लसुन, सागपात हरियो तरकारी, केराउ गेडा, बोडीजस्ता तरकारी गत आवमा बढी भित्रिएको छ । गत आवमा भारतबाट ४८ करोड मूल्यको बोडी, ३४ करोडको प्याज, सालौट, तीन करोड ६६ लाख मूल्यको गोलभेँडा, तीन करोड मूल्यको हरियो सागपात तरकारी नेपालगञ्ज नाका भएर भित्रिएको छ ।

यसैगरी अघिल्लो आव २०७४÷७५ मा ४१ करोडको बोडी, सात करोडको प्याज, ४४ लाखको गोलभँेडा, दुई करोडको सागपात हरियो तरकारी, ४७ लाख मूल्यको केराउ भित्रिएको थियो । नेपालगञ्ज नाकाको वैधानिक भन्सार भएरबाहेक आम नागरिकले आफैँ रुपैडिया पुगेर दैनिक ठूलो परिमाणमा तरकारी भित्राउने गरेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter