अमेरिकामा नेपाल भ्रमण प्रचार अभियान शुरु

काठमाडौँ, साउन ७ गते । अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकहरूले ‘भिजिट नेपाल २०२०’ को प्रचार अभियान मेरिल्याण्डबाट औपचारिक रुपमा शुरु गरेका छन् ।

प्रवासमा बस्ने नेपाली मातृभूमिसँग कुनै न कुनै तवरले जोडिन र गैरआवासीय नेपालीको नेपालसँगको भावनात्मक सम्बन्धलाई मुलुकको बृहत्तर हितका लागि उपयोग गर्न विभिन्न जमर्को हुँदै आएको मेरिल्याण्डस्थित आवासीय नेपाली सङ्घले जनाएको छ ।

पछिल्ला वर्षहरूमा विश्वका कतिपय राष्ट्रका गैरआवासीय नेपाली सङ्घअन्तर्गत सङ्गठित उनीहरूले विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् ।

यसै सिलसिलामा जुलाई २१, २०१९ का दिन आयोजित उक्त सङ्घको मेरिल्याण्ड च्याप्टरको एक कार्यक्रममा च्याप्टर अध्यक्ष डोलनाथ घिमिरेले आयोजना गर्नुभएको ‘भिजिट नेपाल २०२० अभियान’ नेपाली मूलका ‘स्टेट डेलिगेट’ ह्यारी भण्डारी र महावाणिज्यदूत प्रेमराजा महतले ‘आफू पनि नेपाल जाऔँ, अरूलाई पनि नेपाल पठाऔँ’ भन्ने नारासहितको ब्यानर संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।

उक्त च्याप्टरको प्रथम बैठकले संस्थाका उपाध्यक्ष राजु पराजुलीलाई सो अभियानको संयोजक चयन गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter