नगर अस्पताल निर्माण गर्दै कामपा

काठमाडौँ, साउन ७ गते । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पताल बनाउने योजना बनाएको छ । न्यूनतम शुल्कमा नगरवासीलाई सबैखाले स्वास्थ्य सेवा दिने उद्देश्यले नगर अस्पताल निर्माणको योजना बनाइएको महानगरले जनाएको छ ।

आफूहरूले तिरेको करबापत कामपाले स्वास्थ्य सेवा दिनुपर्ने माग नगरवासीले गर्दै आएका थिए । महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरस्तरीय अस्पताल निर्माण गर्ने उल्लेख गरेको छ । अस्पताल कहाँ निर्माण गर्ने र कति श्ययाको हुने भन्ने छिट्टै टुङ्गो लगाइने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महानगरवासीकै अनुरोध र यहाँको आवश्यकताको आधारमा नगर अस्पतालको योजना बनाइएको हो ।”

उक्त अस्पताल निर्माणका लागि कुन स्थान उपयुक्त हुन्छ भन्ने अध्ययन भइसकेको छैन । चालू आवभित्रै उपयुक्त स्थान छनौट गरिसकेर काम शुरु गर्ने योजना रहेको कामपाले जनाएको छ । महानगरभित्र विभिन्न स्थानमा जग्गा भए पनि सबैभन्दा पायक स्थानमा पर्ने जग्गा छनौट हुने प्रवक्ता डङ्गोलले बताउनुभयो । उहाँले भन्नुभयो, “महानगरका ३२ वटै वडाका बासिन्दालाई सहज पर्ने स्थानको खोजी शुरु भइसकेको छ ।”

महानगरपालिकाका विभिन्न वडामा नगर स्वास्थ्य क्लिनिक छन् । तिनले महानगरवासीलाई आधारभूत स्वास्थ्य सेवा दिँदै आएका छन् । चालू आवमा नै ज्येष्ठ नागरिक अस्पताल निर्माण गर्ने योजना बनाएको कामपाले आगामी आवमा जनस्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत रु १६ करोड २० लाख ३२ हजार छुट्टाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter