समृद्ध नगरपालिका बनाउन रणनीति तयार

नगेन्द्र सापकोटा / काठमाडौँ, साउन ७ गते । नेपाल नगरपालिका सङ्घले देशभरका नगरपालिकालाई सबल र समृद्ध बनाउने गरी पाँच वर्षे रणनीतिक योजना बनाएको छ । सङ्घले छवटै महानगरपालिका, ११ वटा उपमहानगरपालिका र २७६ वटा नगरपालिकालाई व्यवस्थित सहरीकरण निर्माण गर्ने गरी रणनीतिक योजना बनाएको हो । पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदीसहितको विज्ञ टोलीले नगरले प्रवाह गर्ने सेवा, सुशासन, विकास निर्माण र आधुनिक सहर निर्माणका लागि पाँच वर्षे रणनीतिक योजना बनाएको हो ।

नेपालका नगरपालिकालाई अन्तर्राष्ट्रियस्तरको सुविधा विकास गर्ने गरी, नगरपालिकाले प्रदान गरिएको सेवा प्रवाह, विकास निर्माणलाई व्यवस्थित र योजनाबद्ध बनाउँदै सङ्घले पाँच वर्षे रणनीतिक योजना निर्माण गरेको नगरपालिका सङ्घले जनाएको छ । आर्थिक वर्ष (२०७६÷७७ देखि २०८०÷८१ सम्म) नगरपालिकाको रणनीतिक योजना तर्जुमा गरिएको हो । स्थानीय तहको निर्वाचन भएको दुई वर्षभन्दा बढी भइसक्दासम्म महानगर, उपमहानगर र नगरपालिकाको दिगो विकासका योजना तर्जुमा गर्न नसकेको गुनासो व्यापक भइरहेका बेला सङ्घले विज्ञ टोली निर्माण गरी नगरपालिकाको एकीकृत विकास, समृद्ध र सुशासन निर्माणको योजना बनाएको हो ।

महानगर, उपमहानगर र नगरपालिका सबै वडाको पाँच वर्षभित्र सशक्तीकरण गर्न सङ्घ, प्रदेशका निकायसँग सम्झौता गरी कार्यान्वयन गर्ने, सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने, स्थानीय आर्थिक विकास, सेवा प्रवाहमा नयाँ आयाम सिर्जना गर्ने, नगर सुशासन र विकास व्यवस्थापन गर्ने पाँच वर्षे रणनीतिक योजनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले प्रवाह गर्ने सेवालाई थप सेवाग्राहीमैत्री बनाउने, दिगो विकास आधार तय गर्ने, कार्यसम्पादनका क्रममा उत्पन्न हुने विवाद, समस्या र जटिलता फुकाउन आवश्यकता अनुसार राजनीतिक, प्रशासनिक, प्राविधिक तहमा समन्वय संवाद र सम्झौता गरिने उक्त रणनीतिक योजनामा भनिएको छ । नेपाल सरकारका पूर्व मुख्यसचिव डा. सोमलाल सुवेदीले आधुनिक सहर निर्माण गरी व्यवस्थित सेवा प्रवाह गर्नका लागि नगरपालिकाको पाँच वर्षे रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गर्न लागिएको बताउनुभयो । उहाँका अनुसार नगर सुशासन र विकास व्यवस्थापन, गाउँ नगर अन्तरसम्बन्ध तथा स्थानीय आर्थिक विकास, उत्कृष्ट कार्यसम्पादन, कानुन र कार्यविधि बनाउन, नगरपालिकालाई नवप्रवर्तन (इनोभेसन) कार्य गर्न प्रोत्साहन गर्ने, नमुना अभ्यासको पहिचान, सङ्कलन, प्रवद्र्धन गर्ने गरिनेछ । उहाँले भन्नुभयो, “यो रणनीतिक योजना कार्यान्वयनमा आएपछि नेपालका नगरपालिका सुशासित, समृद्ध बन्नेछन् ।”

नगरपालिकाको संस्थागत विकास र नगर शासनलाई नतिजामूलक बनाउन सहयोग पु¥याउने पाँच वर्षे रणनीतिक योजनामा उल्लेख गरिएको छ । नगरपालिकाको राजस्व प्रवद्र्धन, तथ्याङ्क, सूचना, प्रविधि अद्यावधिक, मूल्याङ्कन, समीक्षा र सुधारका क्षेत्र पहिचान, नगरपालिकाको कार्यसम्पादन अध्ययन अनुसन्धान, सङ्घीयता सुशासन, समन्वयका क्षेत्रमा विशिष्टीकृत व्यावसायिक, प्राज्ञिक, अभिलेखीकरण तथा प्रकाशन, गैरसरकारी संस्थाहरूसँग सहकार्य गर्ने नगरपालिका सङ्घले जनाएको छ ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोककुमार ब्याञ्जु श्रेष्ठले २९३ वटै नगरपालिकाको एकीकृत दिगो विकास, सेवा प्रवाह र सुशासित नगर बनाउनका लागि नगरपालिका सङ्घले पाँच वर्षे रणनीतिक योजना बनाएको बताउनुभयो ।

उहाँले संविधानले नगरपालिकालाई दिएको कानुनी अधिकारको प्रयोग गर्दै पाँच वर्षभित्र समृद्ध नगरपालिका निर्माण गर्न उक्त योजना बनाएकाले यसै आर्थिक वर्षदेखि उक्त योजना कार्यान्वनमा ल्याइनेछ । नगरपालिकाका जनप्रतिनिधिलाई सङ्घीयता र सहरी विकास योजनाकारका अगुवाका रूपमा विकास गर्दै जाने रणनीतिक योजनामा उल्लेख गरिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter