लुम्बिनीमा त्रिपिटक यस बर्ष पनि वाचन हुने

लक्ष्मण पौडेल / भैरहवा, साउन ८ गते । बुद्धजन्मस्थल लुम्बिनीमा गत वर्षदेखि सुरु भएको बौद्ध ग्रन्थ त्रिपिटक वाचन यस वर्ष पनि हुने भएको छ । भारतको बोधगया र कुशिनगरमा बिगत १६ वर्षदेखि त्रिपिटक वाचन भैरहेपनि बुद्ध जन्मस्थल लुम्बिनीमा भने पहिलो पटक गतवर्ष त्रिपिटक वाचन गरिएको थियो ।

लुम्बिनीको आध्यत्मिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित गत वर्षको कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिन लागिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं आयोजक समितिका संयोजक भिक्षु मैत्रेय महास्थविरले जानकारी दिनुभयो । गतवर्ष पहिलो पटक लुम्बिनीमा वाचन हुँदा त्रिपिटकको लयले लुम्बिनी क्षेत्र गुन्जायमान भएको थियो । त्यसबेला तीन दिनसम्म स्वदेशी र विदेशी गरी हजारौ बौद्धमार्गी एवम् अन्य धर्ममा आस्था राख्ने लुम्बिनीको त्रिपिटक वाचनमा सहभागी भएका थिए । यस पटक पनि तीन दिन नै नोभेम्बर १४ देखि १६ सम्म लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजना गर्ने गरी तयारी सुरु भएको छ ।

त्रिपिटक भगवान बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित ग्रन्थ हो । अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक गरी त्रिपिटक नामाकरण गरिएको र अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोस्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो ।

त्रिपिटक वाचन कार्यक्रममा लुम्बिनीमा तीनवटै पिटकसँगै गौतम बुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना (ज्ञान दिँदा) गर्दा सुनाउनु भएको वसन्त जातक सुत्र तथा शाक्य र कोलिय राज्यहरुका बीच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तीका लागि देशना गरेका महासमय सुत्र समेत वाचन हुने भएको छ ।

त्रिपिटक पाली, देवनागरी र थाई भाषा आदिमा वाचन गरिने छ । जसलाई सहभागी प्रत्येक देशका भिक्षुहरुले आ–आफ्नो भाषा र शैलीमा पछ्याई वाचन गर्ने छन् । गतवर्ष जस्तै यसवर्ष पनि थाईल्याण्ड, बर्मा, श्रीलंका, कोरियन, जापानीज, भियतनाम, लाओस, चाईनिज, कम्बोडियाका भिक्षुहरुका साथै नेपाली र हिमालयन भिक्षुहरुको समेत सहभागितामा त्रिपिटक वाचन हुनेछ ।

अमेरिकन बुद्धिष्ट एशोसिएशन, अखिल नेपाल भिक्षु महासंघ, थाई बुद्ध बिहार लुम्बिनीको संयुक्त आयोजनामा गतवर्ष कार्यक्रम हुँदा लुम्बिनी विकास कोषसँगै विभिन्न संघसंस्थाले कार्यक्रमलाई सहयोग गर्दै लुम्बिनीमा त्रिपिटक गुन्जन गराउन भूमिका निर्वाह गरेका थिए ।

२०७६ साललाई प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्षको रुपमा मनाईरहेको र भ्रमण वर्षको क्यालेन्डरमा पनि त्रिपिटक वाचन कार्यक्रम समावेश भएकाले यस पटकको कार्यक्रममा प्रदेश सरकारको पनि उपस्थिति हुने देखिएको छ ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय बौद्ध समाजका संस्थापक भिक्षु मैत्रेय महास्थविरको अध्यक्षतामा लुम्बिनी ईन्टरनेशनल त्रिपिटक च्यान्टिङ कमिटी नेपाल गठन भएको छ । यो समितिले विभिन्न उपसमितिहरु, सल्लाहकार समिति गठन गरी दोस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम सफलता पुर्वक आयोजना गर्न जिम्मेवारी निर्वाह गर्नेछन् ।

यस प्रकारका आध्यात्मिक कार्यक्रमले लुम्बिनी आउने पर्यटकहरुको बसाई अवधि लम्ब्याउने भएकाले यो कार्यक्रम निरन्तर गर्न सबैले आफ्नो स्थानबाट सहयोग उपलब्ध गराउनु पर्ने सिद्धार्थ होटल संघ नेपालका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter