प्रमले ‘रअ’ का प्रमुखसँग भेट्रनु भएकाे छैन अफवाह सिर्जना नगरौं ः सञ्चार मन्त्री

काठमाडौँ, साउन ९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीब्र आर्थिक विकास गरिरहेका दुई छिमेकी देशबाट नेपालले लाभ लिन ढिला भइसकेको बताउनुभएको छ ।

मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भन्नुभयो, “हिमालय क्षेत्र पार गर्दै बीआइआर ल्याउने कुरा त्यति सजिलो पनि छैन । यसमा प्रारम्भीक तहका सर्वेक्षण भएका छन् । हतार गरेजस्तो होइन, समय लाग्छ । यद्यपि, यसमा सफलता हासिल गर्नेछौं ।”

उहाँले भन्नुभयो, बीआइआरमा अहिले आठ वा नौं वटा विषय राखेका छौं । त्यसमा चीनको अनिच्छा पनि छैन, हामी चुपचाप बसेका पनि छैनौं । हामीले चाहेअनुसार त्यति छिटो पनि जाँदैन यो विषय । यसमा हामी पनि लगानी गर्न इच्छुक छौं ।”

नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले मुलुकको समग्रह विकास, अन्तर्राष्ट्रिय पहुँच, अन्तर्राष्ट्रिय अधिकार स्थापित गर्न उत्तरी छिमेकी चीनसँग भएको प्रोटोकल हस्ताक्षरले ठूलो मद्दत पुगेको चर्चा गर्नुभयो ।

उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखले भेट नगरेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले भेट्नु भएको छैन । अफवाह सिर्जना गर्ने काम नगरौं ।”

उहाँले मुलधारका सञ्चार माध्यमले यस्ता खालका कुइरिमण्डलको खेतीमा नरुमल्लिन आग्रह गर्दै भन्नुभयो, “कसकसले भेट गर्नुभयो थाहा छैन, भेट्नै हुन्न भन्ने पनि लाग्दैन तर यस्ता भेटघाट कुटनीतिक शिष्टाचार कै आधारमा हुनुपर्ने हुन्छ ।”

उहाँले नेपाल कम्युनिष्ट पार्टीभित्र बैचारिक बहस हुनु स्वभाविकै भएको र त्यसलाई महाधिवेशनले टुङ्गो लगाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताको बहुदलीय जनवादको बाटो हिँडिनै सक्यौ भने भन्न किन लाज ?”

उहाँले भन्नुभयो, “जबजको बाटो हिडिसकियो, अँगालो मारिसक्यौं, सिरानी हालिसक्यौं, मनमा त्यहि छ । अब भन्न किन लाज मान्ने ?”

२०७६ साउन ६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरू

१. युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था ९क्ष्म्ब्० बाट ऋण सहायताका रूपमा प्रस्तावित १२० मिलियन अमेरिकी डलर (करिब रू. १३ अर्व) स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

२. नेपाल बन्दरगाह प्राधिकरण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती दिइएको छ ।

३. नेपाल राजपत्र मिति २०७०-११-१ को खण्ड ६३ (अतिरिक्ताङ्क ३० क) भाग ५ को क्रमसंख्या ४ मा प्रकाशित सूचना खारेज गर्ने र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको गैरकर राजस्वका दरमा परिमार्जन गर्ने विषयको सूचना स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

४. विभिन्न आयोजना सञ्चालनका लागि खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा निम्नबमोजिम राजपत्रांकित श्रेणीका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ:

क) खानीपानी मन्त्रालय– २१३ जना
ख) वन तथा वातावरण मन्त्रालय– ५० जना
ग) श्रम रोजगार तथा सामाजिक सुरक्षा मत्रालय– ७२६

५. भारतीय नागरिक मुन्सीलाल पासीको नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ ।

६. राष्ट्रिय परिचयपत्रमा हाल कायम रहेको विवरणमध्ये केही विवरण कार्ड, चिप्स र प्रणालीमा राखी परिमार्जन गर्ने निर्णय गरिएको छ ।

७. कञ्चनपुर जिल्लामा मृत्यु भएका चन्द्रदेव भट्टको परिवारलाई रू ५ लाख राहत उपलव्ध गराउने निर्णय गरिएको छ ।

८. रौतहटमा जीप दुर्घटनामा परी मृत्यु भएका थुनुवाहरू मुकेश भनिने निर्मल साह र रमेशकुमार चौधरीको परिवारलाई प्रतिपरिवार रू ५ लाख राहत उपलव्ध गराउने निर्णय गरिएको छ ।

९. नेपाल र जर्जियाबीच कूटनीतिक तथा अफिसियल÷सर्भिस राहदानी बाहकहरूका लागि आवश्यक भिसा उन्मुक्ति दिने सम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

१०. काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई काठमाडौं जिल्ला साविक खड्का भद्रकाली गा.वि.स. वडा नं. ७ कित्ता नं. ७३ हाल बूढानीलकण्ठ नगरपालिका वडा नं. ७ कित्ता नं. २३ को नेपाल सरकारका नाममा रहेको क्षेत्रफल ४१ रोपनी १० आना ३ पैसा जग्गा लिजमा उपलब्ध गराउने निर्णय गरिएको छ ।

११. नारायणघाट–मुग्लिङ सडकमा पर्ने क्ष्लतभचmभमष्बतभ ीबलभ का पुलहरूलाई म्यगदभि ीबलभ मा निर्माण गर्न अत्यावश्यक भएकाले सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम वातावरणीय अध्ययन समेत गरी डिजाइन तथा निर्माण सम्बन्धी काम ठेक्काबाट गर्ने गरी बोलपत्र आह्वान गर्न स्वीकृति दिइएको छ ।

१२. बर्दगोरिया ४००÷१३२ के.भी सबस्टेशन (कैलाली) का लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ ।

१३. नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन बनाउन सैद्धान्तिक स्वीकृति दिइएको छ ।

१४. नेपाल हवाई प्राधिकरण ऐन बनाउन सैद्धान्तिक स्वीकृति दिइएको छ ।

१५. प्युठान जिल्ला, माण्डवी गाउँपालिकाको केन्द्र साविक नयाँगाउँ गाउँ विकास समितिको कार्यालयबाट हेरफेर गरी माण्डवी गाउँपालिका वडा नं. ३ जस्पुर कायम गर्ने र यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

१६. दूरसञ्चार (नवौं संशोधन) नियमावली, २०७६ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।

१७. नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा श्री पुरूषोत्तम प्रसाद खनाललाई नियुक्त गरिएको छ ।

१८. नेपाल सरकारको निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका देहाय अधिकृतलाई निम्नबमोजिम सरूवा गर्ने निर्णय गरिएको छ–
क) सहरी विकास मन्त्रालयका सचिव श्री डा. रमेशप्रसाद सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयका सचिवमा
ख) जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव सचिव श्री मधुसुदन अधिकारीलाई सहरी विकास मन्त्रालयको सचिवमा

१९. नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५ भदौ ८ गतेको निर्णयानुसार माननीय सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन आवश्यक कारवाहीका लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय गरिएको छ ।

२०. मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter