KCC Exhibit 2019 भोलिदेखि (१०–११ श्रावण), युवा तथा खेलकूद मन्त्रीले उद्घाटन गर्नुहुने

काठमाडौँ, साउन ९ गते । सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि तथा इन्जिनियरिङको अग्रणी कलेज यस कान्तिपुर सिटी कलेज (केसीसी)ले यही शनिबार र आइतबार (१०–११ श्रावण २०७६ तदनुसार सन् २०१९ जुलाई २६–२७)मा आफ्नै प्राङ्गणमा KCC Exhibit 2019 आयोजना गर्दै छ । यस KCC Exhibit 2019 को मूल नारा “Ingenious thoughts, Sustainable solutions” (निपुण विचार, दीगो उपाय) रहेको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफ्ना नयाँ–नयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नेछन् र उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग यससम्बन्धी अन्तरक्रिया गर्नेछन् ।

कार्यक्रममा सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङसम्बन्धी २६ भन्दा बढी विद्यार्थी प्रोजेक्टहरू, चारवटा फुड स्टल, थुप्रै गेम स्टल, साङ्गीतिक कार्यक्रम र ‘दीगोपनका लागि प्रविधि’बारे सम्मेलन आयोजना गरिनेछ । यस दुई दिनमा २० हजारभन्दा बढी अवलोकनकर्ताहरूको अपेक्षा गरिएको छ । प्रदर्शनीका केही प्रोजेक्टहरूमा क्युआर कोडबाट रष्टुराँको अर्डर व्यवस्थापन, दर्ताचलानी, रोबोट, होम अटोमेसन, क्वाडकप्टर, कोटेश्वर ट्राफिक व्यवस्थापन, आकाशे पानी सङ्कलन, स्मार्ट सिटी नमूना, पुनर्निर्माणका लागि नेपाली घरको नमूनालगायत रहेका छन् । त्यस्तै, कार्यक्रममा नेपाली गायक प्रमोद खरेल, डान्सर बिनु शाक्य, लोकगायिका निशा जि एमलगायतको प्रस्तुति पनि रहनेछ ।

‘दीगोपनका लागि प्रविधि’ विषयक सम्मेलनमा महावीर पुनले उद्योग र संरचनाबारे, डा. दीपक विक्रम थापा क्षेत्रीले प्रकोपबारे, उज्ज्वल उपाध्यायले जलवायु परिवर्तनबारे, वालिङ नगरपालिकाका प्रमुख दीलिपप्रताप खाँडले स्मार्ट सिटीबारे लगायत अन्यले पनि प्रस्तुति गर्नेछन्। जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक डा. डीके लोबियालले कि–नोट भाषण गर्नुहुनेछ।

शुक्रबार वि.सं. २०७६ श्रावण १० गतेका दिन उक्त कार्यक्रमको औपचारिक समुद्घाटन गरिनेछ । कार्यक्रममा माननीय युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)का साथै विभिन्न क्षेत्रका प्रमुख व्यक्तित्वलगायत अन्य कलेज, विश्वविद्यालय, सरकारी निकाय, कम्पनी तथा सहयोगी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter