मदनकुमार भट्टराईको ‘परराष्ट्रका पात्र’ बजारमा

काठमाडौँ, साउन ११ गते । आवासीय विद्यालय, ‘मिशन स्कूल’ र विदेशमा पढेका प्रतिस्पर्धीलाई पाखा लगाउँदै गाउँको सामान्य विद्यालयमा पढेको एउटा ठिटो अन्तर्राष्ट्रिय सम्बन्धको जानकार कसरी भयो ?

परराष्ट्र सचिव, जापान र जर्मनीको राजदूत अनि राष्ट्रपति विद्यादेवी भण्डारीको परराष्ट्र मामिला र कूटनीति विषयविज्ञका रुपमा सेवा गरिसकेका डा. कूटनीतिक कर्मको झण्डै चार दशकको इतिवृत्त ‘परराष्ट्रका पात्र’ मा समेटिएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्धमा नै महाविद्यावारिधिको उपाधि हासिल गरेका अजातशत्रुु तिनै भट्टराईको स्मरणात्मक कृति किताब प्रकाशनले बजारमा ल्याएको हो ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले आज राजधानीमा विमोचन गर्दै हरेक विषयका जानकार सरल एवं सहृदीय भट्टराईको व्यक्तित्व र कृतित्वको चर्चा गर्नुभयो ।

पूर्व राजदूत शङ्कर शर्माले विमोचित कृतिका विविध आयामको समीक्षा गर्दै भट्टराईको सीपयुक्त सुुझबुझपूर्ण कूटनीति सञ्चालनको प्रशंसा गर्नुभयो ।

पत्रकार घनश्याम खड्का र डा रीता थापाले पुस्तकका केही शीर्षकका विषयवस्तु र सन्दर्भको विश्लेषणात्मक प्रस्तुति पेश गर्नुभएको थियो भने लेखक भट्टराईले पुस्तक लेखनका उद्देश्यबारे जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय सम्बन्धबारे रुचि राख्ने विद्यार्थी र अनुसन्धातालगायतलाई बहुउपयोगी उक्त पुस्तक लेखक भट्टराईले आफ्ना मातापिता होमकुमारी र बलराम भट्टराईप्रति समर्पण गर्नुभएको छ । रु ६०० मूल्यको उक्त पुस्तकमा ‘जैसीकोठा र मुन्सीखाना, मुन्सी कप्तानदेखि शिष्टाचार महापाल, डाइरेक्टर जनरल ः पाँच प्रयोग, विपी र विदेश मामिला’लगायत १० शीर्षकमा लेखक भट्टराईले कलम चलाउनुभएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter