नर्सरीबाटै विदेशको कमाई

खलङ्गा, साउन १५ गते । जीवन निर्वाहको लागि वर्षेनी युवाहरु विदेशिने क्रम बढे पनि यहाँ युवाहरुले नर्सरीबाट लाखौं आम्दानी गर्न सफल भएका छन् । जिल्लाको कुशे गाउँपालिका ५, दम्दाला गाउँका युवा उद्यमी शिव मल्लले यसबर्ष नर्सरीबाटै आठलाख आम्दानी गर्नुभएको छ । पाँच वर्षअघि स्थापना गरेको प्रवीन हिउँदे तथा वर्षे फलफूल नर्सरी उद्योगबाट यसपाली उहाँले ७१ हजार फलफूलका विरुवा बेचेर मनग्ये आम्दानी गर्नुभएको हो ।

नलगाड नगरपालिका ४, जोगनीडाँडाका अर्का युवा उद्यमी केशवबहादुर रावलले ३२ हजार बिरुवा बेचेर पाँच लाख आम्दानी गर्नु भएको छ । ६ वर्ष अघि उहाँले रावल फलफूल नर्सरी उद्योग सञ्चालन गरेर बिरुवा उत्पादन गर्दै आउनुभएको छ । मल्ल र रावल जस्तै जाजरकोट जिल्लाका २० जनाभन्दा बढी युवाहरु नर्सरीबाट मनग्ये आम्दानी गर्न सफल भएका छन् । जिल्लामै कृषकहरु नर्सरीतर्फ आकर्षित भएकाले जिल्लामा चाहिने बिरुवा बाहिरी जिल्लाबाट ल्याउनुपर्ने बाध्यता हटेको छ ।

युवाहरुले गाँउमै नर्सरी सञ्चालन गरेर आवश्यक पर्ने बिरुवा आपूर्ति गर्दै आएको कृषि ज्ञान केन्द्र जाजरकोटका प्रमुख चित्रबहादुर रोकायले बताउनुभयो । गाउँमै पनि थोरै लगानी गरेर राम्रो आम्दानी गर्न सकिन्छ, ज्ञान केन्द्रका प्रमुख रोकायले भन्नुभयो, नर्सरीबाट हुने आम्दानीले रोजगारीका लागि विदेश जार्ने युवालाई प्रेरणा गाउँघरमै व्यवसाय गर्न प्रेरणा मिलेको छ ।

नर्सरी सुरुवात गर्दा ४० हजार लगानीबाट गरेको रावलले नर्सरीले आफ्नो जीवनमा ठूलो परिवर्तन ल्याएको बताउनुभयो । हाल उहाँको नर्सरीमा ओखर, कागती, सुन्तला, अनार, टिमुर, बकाइनो, काउँलो, चिउरी आदि बिरुवा पाइन्छ ।

सामान्य लेखपढ गरेका मल्ल र रावल रोजगारीको खोजीमा धेरै पटक भारतको कालापहाड पुगको अनुभव सुनाउनुहुन्छ ।

‘कालापाडको कमाइले घर व्यवहार चलाउन मुस्किल थियो, रोजगारीको खोजीमा भौतारिनु भन्दा आफैंले उद्यम सञ्चालन गर्ने सोचेर नर्सरीमा हात हाले, अहिले राम्रै आम्दानी भैइरहेको छ । मल्लले आफ्नो अनुभव भन्नुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter