लिगलिगे दौडदेखि राष्ट्रसङ्घीय शान्ति गोष्ठीसम्म

काठमाडौँ, साउन २० गते । सरकारको सन् २०२० को भ्रमण वर्ष सफल तुल्याउन नेपाली सेनाले ऐतिहासिक लिगलिगे दौडदेखि संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना कार्यसम्बन्धी गोष्ठी गर्ने भएको छ ।

रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५÷७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिसकेको जानकारी दिनुभयो ।

सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गर्दै उक्त कार्यलाई सफल तुल्याउन विभिन्न कार्यक्रमका साथ प्रचारप्रसारलाई तीव्र तुल्याएको छ ।

प्रधानसेनापति थापाले भन्नुभयो, “नेपाली सेनाले पनि उक्त कार्यक्रमलाई सफल तुल्याउन केही योगदान गर्नुपर्छ भनेर बहुर्राष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथा आरोहण, जङ्गल सफारी र लामो पदयात्रा, उच्च तथा समथर भूभागमा सहासिक खेल ट्राइथलन र म्याराथनजस्ता प्रतियोगिता सञ्चालन गरिनेछ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यसम्बन्धी सेमिनार, गोरखाको ऐतिहासिक लिगलिगे दौड र प्यारा ग्लाइडिङजस्ता खेलकूदका माध्यमबाट नेपाल भ्रमणमा मित्रराष्ट्रका सेनालाई आकर्षण गरिने जनाउँदै प्रधानसेनापति थापाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सेनाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter