चिकित्सा आयोगको उपाध्यक्षमा नौ चिकित्सकको कार्ययोजना

काठमाडौँ, साउन २० गते । बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा आयोगको उपाध्यक्ष पदका प्रत्याशीका बीचमा यही साउन २६ र २७ गते कार्ययोजना प्रस्तुति गरिने भएको छ । उपाध्यक्ष छनोट समिति सचिवालयका अनुसार ११ जना चिकित्सकले सो पदका लागि दरखास्त दिनुभएको थियो । तीमध्ये नौ जना चिकित्सक कार्ययोजना प्रस्तुतिका लागि छनोटमा परेका छन् ।

दुई जना आवेदकको निवेदन छनोट समितिले रद्द गरेको छ । उपाध्यक्ष पदका लागि यही साउन १ देखि १५ गतेसम्म आवेदनको समय निर्धारण गरिएको थियो । यही साउन २६ गते प्रा डा पारस पोखरेल, प्रा डा नीलमणि उपाध्याय, प्रा डा तरुण पौडेल, प्रा डा यहुनचन्द्र शिवाकोटी र प्रा डा रमेशप्रसाद सिंहले आफ्नो कार्ययोजनाका प्रस्तुति गर्नुहुनेछ ।

यसैगरी साउन २७ गते प्रा डा राजेन्द्रप्रसाद साह, प्रा डा सुरेन्द्र शेरचन, प्रा डा शम्भुकुमार पहारी र प्रा डा श्रीकृष्ण गिरीले प्रस्तुति दिनुहुनेछ ।

समितिले आवेदनको सूचना प्रकाशित गर्दा सार्वजनिक लाभ हुने पदमा नभएका, आफ्नो कलेज वा लगानी नभएका, कुनै संस्थाको सञ्चालक नभएका जस्ता विषय खुलाएर लिखित रुपमै खुलाउन माग गरेको थियो । छनोट समितिले नौजना विज्ञ चिकित्सकमध्ये तीन जनाको नाम सरकारलाई सिफारिस गर्नेछ । आयोगको गत चैत ४ गते बसेको पहिलो बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो । राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार सिफारिस समितिमा लोकसेवा आयोगका अध्यक्ष संयोजक रहने व्यवस्था छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter