जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टने संभावना बढ्छ : प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनहितलाई केन्द्रमा राखेर काम नगरे सत्ता उल्टन सक्ने संभावना रहेको बताएका छन् ।

ललितपुरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सत्तामा जानु अघि जनतासंग गरेको प्रतिवद्धता भुल्दै जाने र आफ्नै योगदानलाई विर्सदैं जाने हो भने प्राप्त उपलब्धि सजिलै गुम्न सक्ने खतरा औंल्याएका हुन् ।

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचार भन्दा भिन्न बुर्जुवाकरण हुदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले यसतर्फ गम्भीर हुनुपर्ने बताए ।

पुर्वी युरोप, सोभियत संघको उदाहरण दिदै उनले कम्युनिष्ट नेताले सत्तामा पुगेपछि कम्युनिष्ट चिन्तन र कार्यशैली विर्सन नहुने उल्लेख गरे ।

उनले कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुँदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनताहरु यिनलाई पनि लखेठ्न पर्छ भन्ने अवस्थामा पुग्नेजस्ता विडम्बना आउन दिन नहुने बताए । ‘हामी कहा पनि यसो लक्षण हेर्दा यस्तै देखिन खोजेको छ,’ उनले भने् ।

दुई पार्टी मिलेर बनेको ठुलो पार्टी भित्र पछिल्लो समय अनुशासन र जिम्मेवारी बोधमा विचलन देखिएको भन्दै उनले असन्तुष्टी जनाए । विगतमा जनताका समस्या बुझ्ने, अनशासित र जिम्मेवारी लिने पथमा देखिएका कम्युनिष्टहरुमा अहिले अनुशासनहिनता र कर्तव्यबोधबाट पन्छिने प्रवृति बढेको उनले टिप्पणी गरे ।

दाहालले सत्तामा पुगेपछि जनतासंग गरेका प्रतिद्धताहरु विर्सने प्रवृति विश्वभरीका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृति नेपालमा पुनरावृत हुन नदिन तर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

उनले वर्तमान राज्यसत्ता प्राप्तीका लागि विगतमा आफैले गरेको योगदानको अवमुल्यन गर्ने काम नेतृत्वबाट हुन नहुने तर्फ सचेत हुनुपर्ने आवश्यकता औंल्याए ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter