शिक्षामा व्यापक क्रान्ति र छलफल गर्न जरुरी : मन्त्री पोखरेल

ललितपुर, भदौ ७ गते । मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा आज भएको ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन’ मा उहाँले शताब्दीयौ अगाडि देखिको औद्योगिक कालको शिक्षालाई परिवर्तन गर्न आवश्यक भएकाले व्यापक क्रान्ति र छलफल गर्न जरुरी रहेको बताउनुभयो ।

“शिक्षाका माध्यमबाट समाजको नेतृत्व गर्ने राजनीतिज्ञ, औद्योगिक, शिक्षक, व्यापारी, चिकित्सक, चालकलगायतका विभिन्न जनशक्ति सिर्जना हुने गर्छन्”, शिक्षामन्त्री पोखरेलले भन्नुभयो, “यी सबै पद र प्रतिष्ठामा रहेका व्यक्ति सिर्जना गर्ने शिक्षाको सिकाइमा नयाँ ज्ञान, मूल्यमान्यता र व्यवहारको विकास हुनुपर्छ ।” विद्यालय तहको शिक्षालाई अपेच्छा अनुसार गुणस्तरमा सुधार गर्न नसकेको उहाँले बताउनुभयो ।

समाजमा शिक्षाको गुणस्तरप्रति आमचासो बढेको बताउँदै मन्त्री पोखरेलले भन्नुभयो, “शिक्षा तुरुन्तै रुपान्तरण र परिभाषित गर्न सक्ने विषय नभएकाले यसलाई सर्वसुलभ र गुणस्तरीय बनाउँदै जाँदा नयाँ ढङ्ग र अनुभव बढ्ने छ ।” हरेक मानिसमा सकारात्मक चिन्तन विकास गर्न सहयोग गर्ने माध्यमनै शिक्षा रहेको उहाँको भनाइ थियो ।

‘सार्वजनिक विद्यालयको सवलीकरणमा आजको प्राथमिकता’ भन्ने उद्देश्य बोकेको सो सम्मेलनले शिक्षामा भित्रिएको प्रक्रिया, आयात र निर्यातलाई बुझ्न जरुरी रहेको उहाँले बताउनुभयो । सरकारले २०७६ देखि २०८५ साल सम्मलाई ‘सार्वजनिक विद्यालय सवलिकरण’ घोषणा गरिसकेको उहाँले जानकारी गराउनुभयो । सरकारले नेपालको जुनसुकै विद्यालयमा अध्ययनरत विद्यार्थी सङ्ख्या ५०० भन्दा बढी भएमा त्यसले १० प्रतिशत, विद्यार्थी सङ्ख्या ८०० भन्दा बढी भएमा १२ प्रतिशत र विद्यार्थी सङ्ख्या ८०० भन्दा बढी भएमा १५ प्रतिशत छात्रावृत्ति दिनुपर्ने घोषणा गरेको उहाँको भनाइ छ ।

सरकारले ल्याएको ‘एक विद्यालय एक बिरुवा’ अभियानले पर्यावरण सन्तुलनमा जोड दिनुका साथै वातावरण सुधार गरी समय सापेक्ष ज्ञान निर्माण गर्न सहयोग गर्ने उहाँको विश्वास छ । राष्ट्रिय शिक्षा नीति २०७६ स्वीकृतको क्रममा अघि बढेको शिक्षा मन्त्रीले जानकारी गराउनुभयो ।

फाउण्डेसनका अध्यक्ष शान्त्ता दीक्षितले गुणस्तरीय शिक्षामा निर्माणमा सिकाइ केन्द्रित छ वटा मूल विषय रहेका सम्मेलनमा उपस्थित शिक्षक सामु बताउनुभयो । उहाँले भन्नुभयो, “सिकाइ केन्द्रित प्रारम्भिक बालविकास, गरेर सिक्ने शैली, नेतृत्वको भूमिका, शिक्षामा निजी क्षेत्र, शिक्षामा लगानी र दिगो विकासको लागि शिक्षाको योजनाले सहयोगी भूमिका निर्वाह गर्ने छ ।” तीन दिने सो सम्मेलनले नेपालमा गुणस्तरीय शिक्षा निर्माण गर्न सहयोग पु¥याउने बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter