सार्वजनिक सम्पत्तिको सुरक्षा मुख्य चुनौती : कार्यवहाक प्रधानमन्त्री

काठमाडौँ, ७ भदौ । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण गर्नेबारे हामी भित्रै समस्या रहेको बताएका छन् । आफ्नै निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ५ स्थित प्रदेश नम्बर ३ सरकारले बनाएको लम्टाङ्गिन पार्क शनिबार उद्घाटन गर्दै पोखरेलले सार्वजनिक जग्गा आफ्नो बनाउने मनस्थिति आम मानिसले त्याग्नुपर्ने बताए ।

काठमाडौं उपत्यका लगायत शहरी क्षेत्रभित्र विभिन्न स्थानमा खाली जग्गा राख्नुपर्ने आवश्यक्ता रहेको उपप्रधानमन्त्री एवं रक्षामन्त्रीसमेत रहेका पोखरेलले बताए । ‘भूकम्पमा हामीले देख्यौँ । मृत्यु हुनेहरु त भैगए, बाच्नेहरुको लागि बस्न सुरक्षित स्थलको समेत अभाव देखियो । खाली जग्गा आवश्यक छ, अझ सार्वजनिक जग्गालाई संरक्षण गर्ने र खुला नै राख्ने काम गर्नुपर्छ’ उनले भने । विभिन्न शुभकार्यमा उत्सव मनाउँदै गर्दा बृक्षरोपण पनि सँगसँगै गर्न सके हरियालीले वातावरण स्वच्छ हुने उनले बताए ।

कार्यक्रममा प्रदेश नम्बर ३ का सांसद नारायण सिलवालले बर्तमान कम्युनिस्ट नेतृत्वको सरकारले गतिशिलता हासिल गर्न थालिसकेको बताए । ‘मुलुक संघीयतामा गइसकेपछि विभिन्न संरचना तयार गर्नु थियो, कानुन बनाउनु थियो । अबका वर्ष भने गतवर्ष भन्दा बढि विकास हुनेछ । बढि आयोजना समयमै सम्पन्न हुनेछ’ सिलवालले भने । प्रदेश नम्बर ३ को प्रदेशसभाले स्थायी मुकाम र प्रदेशको नाम तोक्ने विषयलाई अबको दिनमा प्राथमिकता दिन लागिपरेको उनले बताए । कार्यवाहक प्रधानमन्त्री पोखरेलको निर्देशन तथा प्रदेश सांसद सिलवालको सक्रियतामा काठमाडौं प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ को प्रदेशसभा क्षेत्र एकमा सार्वजनिक पार्क व्यवस्थापन, निर्माण, सडक विद्युत निर्माण तथा धोवीखोला करिडोर कालोपत्रे गर्ने क्रम अघि बढेको सांसद सिलवालका स्वकीय सचिव लक्ष्मण शर्माले बताए ।

कार्यक्रमममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्र विद्युतीय सवारीसाधन चाडै सञ्चालनमा आउन लागेको जानकारी दिए ।

संघीय सरकारले ३ अर्ब, प्रदेश सरकारले ३० करोड विद्युतीय बस सञ्चालनको लागि रकम दिनुभएको छ । महानगरपालिकाको पनि केही बजेट त्यहाँ हालेर हामी विद्युतीय सवारी साधन छिट्टै सञ्चालनमा ल्याउदैछौँ’ उनले भने । आफ्नो घरअगाडिको बाटोमा हिलो जम्दैमा भ्रम सिर्जना गर्ने प्रवृत्ति बढेको भन्दै मेयर शाक्यले चिन्ता व्यक्त गरे । ‘अहिले काठमाडौं महानगरपालिका भित्रका सबै वडाध्यक्ष एकअर्काको प्रतिस्पर्धामा हुनुहुन्छ, वडा नम्बर ४ का अध्यक्ष मोहनबहादुर बिष्टले निकै राम्रो काम गर्नुभएको छ । सार्वजनिक जग्गा संरक्षणमा राम्रो भूमिका खेल्नुभएको छ’ मेयर शाक्यले भने ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter