नेपाली परिवेश समेटिएको कला प्रदर्शनी काठमाडौंमा

काठमाडौं भदौ ८ गते । नेपाल कला परिषद् बबरमहलमा नेपालका ख्यातिप्राप्त १६ जना कलाकारका कलाकृति प्रदर्शनीमा राखिएको छ । करीब ९० वटा कलाकृतिमा नेपाली भूदृष्य, दैनिकी महिला, र अमुर्त भावमा चित्रहरू समेटिएको छ ।

आधुनिक कलाकार समाज सोमाको आयोजनामा भएको सो प्रदर्शनीको पाँचौ शृङ्खला हो । कलापुञ्ज शिर्षकमा रहेको प्रदर्शनीमा तन जना दिवंगत कलाकारहरुको चित्र राखिएको छ ।

हालै आयोजिक एक कार्यक्रमा अवसरमा कलामा आधुनिकताका विषयमा छलफल भएको थियो । नेपालमा धेरै अधिदेखि आधुनिक धारमा कला सृजना भए तापनि कलाकार लैनसिंह बाङदेलको समयदेखि नेपालमा आधुनिक कलाको व्यापकता रहेको वक्ताहरूले बताउनुभयो ।

ललितकला पत्रकार समाजको नियमित कार्यक्रम ‘कलाका कुरा’मा बोल्दै आधुनिक कलाकार समाजका महासचिव जीवन राजोपाध्यायले अध्ययन पछि कलाकारले केही नयाँ गर्न चाहन्छ । त्यसै अनुरुप आफ्नो परिवेश वा विषयलाई नयाँ शैलीमा कला गर्दै जाँदा आधुनिक कलामा आफू लागेको बताउनुभयो । विशेषगरी लैनसिंह बाङ्देलका शिष्यहरुले आधुनिककलामा सृजना पस्कने यत्नका रुपमा उहाँको देहावशान पछि सन् २००८ मा आफ्नो संस्था गठन भएको पनि बताउनु भयो ।

अग्रज कलाकार गोविन्द डंगोलले नेपालमा आधुनिक कलाका बारेमा चर्चा गर्ने र नेपाली आधुनिक कलालाई प्रवद्र्धन गर्ने उद्देश्यमा साथ निरन्तरता दिएको बताउनुभयो ।

कलाकार तथा बरिष्ठ आर्किटेकट शंकरनाथ रिमालले परम्परा तोडेर नयाँ विषय वा शैलीमा कला सृजना गरिएको हो वा प्रविधिको साथले नयाँ पन आएको हो सो कुरा बुझ्न जरुरी रहेको बताउनुभयो । हाम्रो समाजमा अमुर्तताको प्रभाव वैदिक कालदेखि नै रहेका र पश्चिमा समाजमा ९०को दशकमा बल्ल देखिएको पनि उहाँले खुलाउनुभयो । कार्यक्रममा अग्रज पत्रकार तथा राससका प्रधान सम्पादक श्याम रिमाल, कलाकार शंकरराज सिंह सुवाल, नरेश सैजु, रत्नकाजी शाक्यले आफ्ना धारणा राख्नु भएको थियो ।

भदौ १० गतेसम्म संचालनमा रहने प्रदर्शनीमा शंकरराज सिंह शुवाल, गोविन्द डंगोल, जीवन राजोपाध्याय, हरि खड्का, रमाराज मास्के, चिनीकाजी ताम्राकार, शंकरनाथ रिमाल, श्यामलाल श्रेष्ठ, हेम पौडेल, कान्ति न्यौपाने, नरेश सैजु, रत्नकाजी शाक्य, टार्जन साङपाङ र टेकवीर मुखियाका साथमा दिवंगत समाजका पखाधिकारीहरु क्र्ण मास्के, शान्तकुमार राई र हिरालाल डंगोलका चित्रहरु प्रदर्शीत छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter