वृद्धवृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने पर्यटनमन्त्रीको घोषणा

काठमाडौं, ९ भदौ – पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका बुद्धबृद्धालाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गर्नु भएको छ ।

मन्त्रालयसँग सम्बन्धित कार्यालयहरूको कार्ययोजना सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलन मन्त्री भट्टराईले सो निर्णयको घोषणा गर्नु भएको हो । मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलको व्यापक सुधारको कार्ययोजना पनि सार्वजनिक गर्नु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारसँगै रामेछाप विमानस्थललाई आन्तरिक विमानस्थलको विकल्पका रूपमा प्रयोग गर्न स्तरोन्नति गर्ने बताउनु भयो ।

मन्त्री भट्टराईले त्रिभुवन विमानस्थल क्षेत्रमा सरकाले तोकेको संवैधानिक निकायका सम्माननीय उपाधि पाएकालाई मात्रै गाडीसहित जान दिइने पनि बताए। जस अनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले गाडीसहित प्रवेश पाउनेछन्।

मन्त्री भट्टराईले पशुपतिक्षेत्र, नेपाल वायुसेवा निगम, लुम्बिनी सहितका प्रमुख क्षेत्र सुधारको कार्ययोजना पनि ल्याएको जानकारी दिनुभएको छ। उहाँले नेपाल वायुसेवाका सबै जहाजबाट देश विदेशमा उडान गर्ने गरी काम गर्न लागिएको बताउनुभयो । चीनको गोन्झाउमा उडानका लागि सहमति पत्र प्राप्त भइसकेको जनाउँदै उनले अन्य देशमा पनि पहल भइरहेको उल्लेख गर्नु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter